Logo

गेरुवा गाउँपालिकामा बालसंरक्षण निति बारे एक दिने अभिमुखिकरण सम्पन्न

Samachar Rekhanews १८ श्रावण २०७८, सोमबार १६:३२ मा प्रकाशित

नेपालगञ्ज, साउन १८ ।बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा बाल संरक्षण निति बारे बालबालिकालाई जानकारी गराउन एक दिने भर्चुअल अभिमुखिकरण कार्यक्रमको आयोजना गरियो ।

क्लबले प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरेको बाल संरक्षण परियोजना अन्तर्गत सो अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।

उहाँले गेरुवा गाउँपालिकामा रहेका युवा क्लब, बाल क्लब, बालबालिका, प्लान प्रायोजित परिवारका सदस्यहरु लगायतलाई बाल संरक्षण निति र बालबालिका र युवाहरुका लागि ग्लोबल रुपमा तयार भएको संरक्षण नितिका बारेमा बिस्तृत रुपमा भर्चुअल माध्यामबाट अभिमुखिकरण गरिएको बताउनुभयो ।

सो अभिमुखिकरणमा बालबालिकामाथि हुने हिंसाहरु के के हुन, बालबालिकालाई के के गर्नु हुन्छ र के के गर्नु हुँदैन जस्ता विषयहरुमा जानकारी गराईएको अभिमुखिकरणका सहजकर्ता क्लबका कार्यक्रम अधिकृत ईश्वर विकले बताउनुभयो ।

प्रतिनिधिमुलक रुपमा २२ जनाको सहभागिता रहेको सो भर्चुअल अभिमुखिकरणमा सहभागि बालबालिकाले आफुहरुले बालसंरक्षणका धेरै कुरा पहिलो पटक जान्ने अवसर पाएको जनाउँदै अरुलाई पनि जानकारी गराउने प्रतिवद्धता जनाएको विकले बताउनुभयो ।

बाँके युनेस्को क्लबले आफ्ना हरेकजसो कार्यक्रममा शुरुमा नै बाल संरक्षण नितिको बारेमा पहिलेदेखिनै सबै सरोकारवालालाई जानकारी गराउँदै आएको क्लबका संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?