Logo

गोली लागेर घाइते भएका कपिलवस्तुका दीपक पाण्डेको ज्यान गयो

Samachar Rekhanews ११ जेष्ठ २०७८, मंगलवार १३:२५ मा प्रकाशित

कपिलवस्तु जेठ ११ गते ।
गोली लागेर घाइते भएका कपिलवस्तुका दीपक पाण्डेको ज्यान गएको छ । पाण्डेको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो ।

युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि हिजो बेलुका काठमाण्डौ ल्याइएको थियो । गएको जेठ ५ गते कपिलवस्तु नागरपालिका–३ सडुवामा पाण्डे र एक भारतीय नागरिकलाई तीन जनाको समूहले गोली प्रहार गरेका थिए ।

३४ वर्षका पाण्डे माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य हुन् । प्रहरीले गोली हानेको आरोपमा दुई जनालाई यसअघि नै पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका-१ का ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का साकिर अली पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?