Logo

घरदैलो मार्फत वडावासीको समस्या बुझ्दै वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार अब्दुल अजिज

Samachar Rekhanews १७ बैशाख २०७९, शनिबार १५:४७ मा प्रकाशित

यहि वैशाख ३० गते हुने स्थानीय तह अन्तर्गतको निर्वाचनमा नेपालगञ्ज उमनपा वडा नं. ५ को वडाध्यक्षका पदका लागि पहिलो स्थानमा स्वतन्त्र उम्मेदवारी दिएका अब्दुल अजिज हल्वाइले वडावासीको समस्या बुझ्न घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।

शनिवार वडावासीको घर घरमा पुगी वडाध्यक्ष पदका उम्मेदवार अब्दुल अजिजले वडावासीको घरमा पुगी उनीहरुको समस्या बुझेका छन् ।

वडावासीहरुले आफ्नो वडामा बिजुली र खानेपानीको समस्या रहेको बताएपछि वडाध्यक्ष पदका उम्मेदवार अब्दुल अजिजले आफू यस वडाको वडाध्यक्ष पदमा निर्वाचित भए वडाको हरेक घरमा खानेपानीको व्यवस्था गर्ने र बिजुलीको समस्या समाधान गर्ने वाचा गरेका थिए ।
घरदैलोको क्रममा वडावासीहरुले शिक्षित उम्मेदवार पाएकाले अब्दुल अजिजलाई नै वडाध्यक्षमा विजयी गराउने प्रतिबद्धता जाहेर गरेका छन् ।

अजिज कानुनका विद्यार्थी हुन् यसको साथै पत्रकारिता पेशामा पनि उनी आबद्ध छन् । वडाध्यक्ष पदका उम्मेदवार अब्दुल अजिजले वडा नं. ५ लाई सुन्दर र व्यवस्थित वडाको रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

जो व्यक्ति पार्टीसँग निकट छ उसलाई मात्र चुनावको टिकट दिने चलन रहेको छ यसरी पार्टीको निकट व्यक्तिले चुनाव लड्ने मौका पाउने र जो योग्य, इमान्दार र सक्षम छ त्यस्तालाई जनताको सेवा गर्ने मौका नमिल्ने गरेका कारण मैले स्वतन्त्र उम्मेदवारी दिएको अजिजले बताएका छन् ।

आफ्नो वडाको विकासका लागि वडामा भएका प्राकृतिक सम्पदालाई सूचिकृत गर्ने, स्थानीय उद्यमशीलता र रोजगारीको प्रवद्र्धन गर्न र पूर्ण आर्थिक विकासको लागि काम गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताएका छन् ।

यसको अलावा आफू वडाध्यक्ष पदमा विजयी भए वडामा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजन गर्ने उनले बताएका छन् । धेरै मानिसहरु आफ्नो समस्या वडा कार्यालयमा लिएर जाँदा उनको सुनुवाई विभिन्न कारणले हुने गरेको छैन त्यस्तो अवस्थालाई चिर्न सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने उनले बताएका छन् ।

वडामा अझै पनि फोहोर मैलाको व्यवस्थापन उचित ढंगले नभएका कारण वडामा पूर्ण रुपले फोहोर व्यवस्थापन गर्ने उनले बताए ।
वडावासीलाई झूठो आश्वासन दिएर चुनाव जित्ने उद्देश्यले मैले आफ्नो उम्मेदवारी दिएको छैन । वडाध्यक्षमा पदमा म विजयी भएको खण्डमा मैले आफ्नो एजेण्डा अनुसार वडाको विकास गर्ने उनले बताएका छन् ।

म वडाध्यक्षमा निर्वाचित भए भने नागरिको चाहना अनुसार काम गर्नेछु । वडामा रहेका समस्याको जरो पत्ता लगाई वडावासीहरूको चाहना अनुसार अगाडि बढ्ने उनले बताए ।

दलगत उम्मेदवारलाई जनताले निर्वाचित गरेर पठाए तर उनीहरुले जनताको मुहारमा खुशी ल्याउन सकेनन् त्यसैले अब जनताले स्वतन्त्र उम्मेदवारलाई विजयी गराइ वडाको पूर्ण विकासको काम अघि बढाउन उनले वडावासीमा आग्रह गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?