Logo

घरदैलो हुँदै जनताको मन दैलोसम्म पुगेका छौ ।

Samachar Rekhanews १ मंसिर २०७९, बिहीबार २०:५७ मा प्रकाशित

सरला सुवेदी
कोहलपुर । मौन अवधी सुरु हुन केही घण्टा मात्र बाँकि हुँदा नेकपा एमाले बाँके क्षेत्र नम्बर १ का सबै पालिकाका सबै वडा र सबै टोलहरुमा घरदैलो को साथमा विभिन्न टोलहरुमा कोणसभा गर्दै आफ्ना प्रतिबद्धता राख्दै वडा भित्रका समस्या पहिचान गर्दै हिडेका छन् ।

आज अन्तिम दिन कोहलपुर वडा नम्बर १२ स्थित जानकिनगर , शान्तिटोल , निबुवा , मसुरिखेत सुन्दरबस्ती लगायतका टोलहरुमा र राप्तिसोनारी र नरैनापुरका केही वडामा एमालेका उम्मेदवारहरुले घरदैलो गरेका हुन। अभियानमा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकाल र प्रदेश ख का प्रदेश सभा सदस्य पद्का उम्मेदवार दुर्गा प्रसाद चौधरी लगाएत समानुपातिक तर्फका उम्मेदवारहरुले मतदाता शिक्षा संगै समृद्ध बाँके क्षेत्र नम्बर १ निमार्णका लागि एमालेमा मतदान गर्न आग्रह गरेका हुन।

जनताको घरदैलो हुँदै मनदैलो सम्म नेकपा एमाले पुगिसकेको हुँदा जनतालाई बिभिन्न लोभ लालच देखाएर जनताको स्वाभिमान किन्न धनदैलो लिएर पुगेकाहरु सङ्ग सतर्क रहनुहुन मतदातालाई प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकाल र प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गाप्रसाद चौधरीले आग्रह समेत गरेका छन् । ढकालले आफू जनताको सेवामा दिनरात खटिने र कसैलाइ अन्याय पर्दा न्यायको खोजिमा कानुन सङ्ग पनि लड्न तयार हुने भएको ले आफुले मतदाताको घरदैलो हुँदै मनदैलोमा पुगेर सम्पुर्ण कोहलपुरका मतदाताको मन जितेको हुँदा आफुलाई धनदैलो गर्न आवस्यक नरहेको बताए ।

उनले क्षेत्र नम्बर १ मा हुने डुबान कटान, ढल निकासको समस्या समाधान गर्न , निकुन्ज आसपासका जनतालाई निकुन्जका जनावरबाट हुने क्षती रोक्न र कृषी पर्यटनमा नमुना वडा बनाउन शिक्षा स्वास्थ खानेपानी खेलकुदको समग्र बिकासलाई प्राथमिकतामा राख्दै अव्यवस्थित बसोबास लाई व्यवस्थित बनाई सुकुम्बासीलाई उचित बासको व्यवस्था गरि लालपुर्जा दिलाउन दिनरात खटिने र आफूले यस क्षेत्रको लागि गर्नु पर्ने सम्पुर्ण कामहरु योजनावद्द तरिकाले पूरा गर्ने बताए।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?