Logo

घोराही कारागारबाट फरार कैदी यमराज परियार दिल्ली बाट पक्राउ।

Samachar Rekhanews १० माघ २०७८, सोमबार १८:११ मा प्रकाशित

(सागर थापा)
दाङ । घोराही कारागारबाट फरार कैदी नाईकेलाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घोराही कारागारबाट उपचारको बाहाना रची फरार भएका कैदी नाईके राजपुर गाउँपालीका ३ बस्ने २९ वर्षीय यमराज परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छ्न ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका परियार गत पुस ८ गते फरार भएका थिए । घाेराहीस्थित एक होटेलबाट उनी फरार भएका थिए । परियारले उपचारका लागि उनैलाई लगेर गएका प्रहरी जवान धन बहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाईकल लिएर फरार भएका थिए ।

कैदी परियार फरार भएपछि छानबिन तथा खोजतलास समिति गठन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले तालुक प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा मार्फत भारतीय प्रहरीसँगको समन्वयमा खोजी कार्य गर्ने क्रममा सोमवार नेपाल भारतको सिमाक्षेत्र बाँके नेपालगञ्ज १५ जमुनाहनाकाबाट पक्राउ गरिएको एसपी काफ्लेले पत्रकार सम्मेलनमा बताए।

कर्तब्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय भएकोमा परियारले हाल सम्म ७ बर्ष कैद भुक्तान गरिसकेका छन् । कारागारमा पहिला चौकीदार हुदै नाईके समेत भएका परियार फरार भई पक्राउ परेपछि कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार थप कारवाही हुने भएको छ । परियारलाई बाँकी कैदको डेढी बढाई कैद सजायको ब्यवस्था हुने एसपी काफ्लेले जानकारी दिए । कैदी फरार प्रकरणमा संलग्न रहेकाे आशङ्कामा दुई जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । कारगार चलान हुनेमा कैदीलाई अस्पताल लैजाने प्रहरी धनबहादुर चाैधरी रहेका छन् । त्यस्तै कारागार चलान हुनेमा एक युवती समी चाैधरी रहेको दाङ एसपी काफ्लेले जानकारी दिनुभएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?