
साहिल शेष ✍️
नेपालगन्ज – ९, कार्तिक
मन्त्री भएपछि पहिलो पटक चाडपर्व मनाउन गृह जिल्ला बाँके आएका नेपाली काँग्रेस क्षेत्र नं.२ (ख) सांसद तथा लुम्बिनी प्रदेश वन, वातावरण तथा भु-संरक्षण मन्त्री सुरेन्द्र हमाल चाडपर्व संग- संगै विभिन्न भेटघाट, स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा ब्यस्त रहदै आएका छन ।
मंगलबार नेपाली काँग्रेस इकाई कार्य समिती जानकी गाउँपालिका-५ बेलहरी , बाँकेले आयोजना गरेको नवनियुक्त माननीय वन, वातावरण तथा भु-संरक्षण मन्त्री सुरेन्द्र हमाललाई स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हमालले भन्नुभयो वृद्धभत्ताको लागि बैंक धाउनु पर्दैन अब देखि स्थानीय तहले आफ्नै वडाबाट वृद्धभत्ता सजिलै उपलब्ध गराउने छ । त्यसतै बाँकेमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिने र वनमा सढे गलेका रुख तथा काठको चाडै ब्यवस्थापन गरिने बताए ।
‘बाँके जिल्लाले पहिलो पटक वन, वातावरण तथा भु-संरक्षण मन्त्रालय पाएको छ । यो समग्र जिल्लाको लागि नयाँ अवसर हो । प्राप्त यो अवसरलाई मैले पुर्ण रुपमा इमानदारीताका साथ जिम्मेवारी निभाउने प्रतिबद्धता समेत मन्त्री हमालले व्यक्त गरे ।
सोहि कार्यक्रम पश्चात् स्वास्थ्य चौकी बेलहरीको स्थलगत अनुगमन समेत गरेका थिए ।
स्वागत कार्यक्रम बोल्दै जानकीलाई विकसित बनाउँन कार्यकालागि नितिगत र कानुनी रुपमा रही गर्न सक्ने जुनसुकै काम पनि गर्ने प्रतिबद्धता छब्बन खाँले गरे ।
मन्त्री हमाल तिहारको अवसर पारेर गृह जिल्ला बाँके आएका थिए । जिल्ला बसाईका क्रममा उहाँले आफ्नो क्षेत्रका मतदाता, पार्टीका नेता कार्यकर्ता, खेलकुद क्षेत्रका विज्ञ व्यक्ति लगायतसङ्ग भेटघाट गरेका थिए ।
स्वागत कार्यक्रममा विशिष्ट अतिथि पुर्व मन्त्री गजेन्द्र हमाल अतिथि लक्ष्मी नारायण शाह, बादसाह कुर्मी, जुल्फिकार मनिहार , भोला सिद्दिकी, कदीर अन्सारी, नक्की खाँ लगायत नेता बोलेका थिए । कार्यक्रमको संचालन नेपाली काँग्रेसका नेता टिकाराम यादवले गरेका थिए ।