Logo

चिसोमा जिवन रक्षाको माग गर्दै गृह मन्त्रालयको ध्यानाकर्षण

Samachar Rekhanews १५ पुष २०७९, शुक्रबार २२:४६ मा प्रकाशित

१५ पौष, नेपालगञ्ज । चिसो तथा शितलहर शुरु भएपछि त्यसबाट बच्नका लागि पुर्व तयारीबारे बाँके प्रशासनमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराइएको छ । बाँकेका नागरिक समाजका अगुवाहरुको एक समुहले विहीबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयद्वारा देशका पश्चिम जिल्लाहरुमा एक्कासी बसेको चिसोको व्यवस्थापन तथा पुर्व तयारीका बारेमा ध्यानाकर्षण गराएको हो ।
अहिले बाँकेमा चिसो बढेपछि शितलहर र कुहिरोका कारण जेष्ठ नागरिक, असहाय, बालवालिका, दिर्घरोगी, मजदुर, अति विपन्न परिवारका नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर परि विरामी भई जनजिवन कष्टकर हुन थालेको छ । सो कुरालाई मध्यनजर गर्दै ५ बुंदे ध्यानाकर्षण गराइएको हो ।
शीतलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सो बाट बच्ने उपायका बारे प्रत्येक गाउँ, टोलमा जनचेतना फैलाउने कार्य तत्काल गर्न गराउन, चिसो तथा शीत लहरका कारण नागरिकको जिवन रक्षार्थ प्रत्येक टोलटोलमा दाउराको व्यवस्था गर्न, ज्येष्ठ नागरिक, असहाय, बालवालिका, दिर्घरोगी, अतिविपन्न परिवारका नागरिकहरुलाई जाडो तथा शितलहरबाट सुरक्षित राख्नका लागि न्यानो कपडा तथा उचित राहतको व्यवस्थापन गर्न, शितलहरका कारण हुन सक्ने विरामीलाई औषधी उपचारको यथोचित समयमा व्यवस्थापन तथा पुर्वतयारीको राम्रो ब्यवस्थापन गर्न र विपत जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसारको मानवीय काम कारवाहीलाई अघि बढाउन माग गरि सोको कार्यन्वयनका लागि ज्ञापनपत्र बुझाइएको हो ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी नेतृत्वको समुहले ज्ञापनपत्र बुझाएको छ ।
तिवारीसंगै बाँके ज्येष्ठ नागरिक कृष्णमुरारीप्रसाद भट्ट, सूचना अभियन्ता शैलेन्द्र बैश्य, नरसिंह सोनी, अरुण तिवारीको समुहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीमार्फत ज्ञापनपत्र बुझाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?