Logo

चोरी भएको मोटरसाइकल वडा प्रहरी कार्यालय खोजी गरि गाडी धनीलाई सुरक्षित बुझायो

Samachar Rekhanews २ भाद्र २०७८, बुधबार २०:३९ मा प्रकाशित

बाँके भदौ २ गते
कोहलपुर नगरपालिका- ६ बस्ने फन्दु थारुको भे ३ प ७७७१ नम्बरको मोटरसाइकल साउन २६ गते नेपालगन्ज नेपाल बैंक लिमिटेड अगाडी पार्किङ गरेको सुपर इलपेलेन्दर मोटरसाइकल चोरी भएको थियो ।

मोटरसाइकल चोरी भएपछि खोजीका लागि थारूले प्रहरीमा उजुरी दिनु भएको थियो ।

उजुरीपछि वडा प्रहरी कार्यालय का प्रहरी टोलिले खोजतलास गर्दा नेपालगन्ज नापि कार्यालय नजिकै गएको २९ गते साँझ वेवारिसे अवस्थामा फेला पारेको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो ।

उक्त मोटरसाइकल आज सम्बन्धित मोटरसाइकल धनि फन्दु थारुलाई सुरक्षित बुझाईएको पनि खड्काले बताउनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?