
बाँके असोज ४ गते
बाँके प्रहरीले चोरी भएको मोटरसाइकल फेला पारेको छ । नेपालगन्ज उपमहानगरपालिका- ६ फुलटेक्राका ईश्वर ढकालको भे ८ प ७८०८ नं. को बजाज २२० सि.सि.को असोज २२ गते ढकालको घर अगाडी पार्किङ गरेको अबस्थामा चोरी भएको थियो ।
मोटरसाइकल चोरी भएपछि खोजीका लागि ढकालले बाँके प्रहरीमा उजुरी दिनु भएको थियो ।
उजुरीपछि प्रहरी टोलिले खोजतलास गर्दा डुडुवा गा.पा. ५ ई.प्र.का. बनकट्टी “क” बाट प्र.ना.नि. गोपाल शर्माको कमाण्डमा खटिएको टोलीले डुडुवा गा.पा. ५ राप्तीपुल नजिक २४ गते साँझ वेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ।
उक्त मोटरसाइकल आज सम्बन्धित मोटरसाइकल धनी ईश्वर ढकाल लाई बुझाईएको प्रहरी ले जनाएको छ ।
लोकप्रिय समाचार