Logo

चौरसिया समाजद्वारा होली मिलन तथा शुभकामना आदानप्रदान

Samachar Rekhanews १८ चैत्र २०८०, आईतवार २०:४६ मा प्रकाशित

नेपालगन्ज १८ चैत्र : चौरसिया समाज नेपाल जिल्ला कार्यसमिति बाँकेले होली पर्व र नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना साटा साटा गरेको छ । होली मिलन तथा नयाँ वर्ष २०८१ सालको अवसर पारेर चौरसिया समाजले नेपालगन्जमा कार्यक्रमको आयोजना गरेको हो ।

चौरसिया समाजका अध्यक्ष रमेश कुमार नागको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजका केन्द्रिय सदस्य बोलबम चौरसिया प्रमुख अतिथि रहनु भएको थियो ।

तेसै गरि सल्लाहकार राम गोपाल तमोलीले स्वागत मन्तव्य प्रकट गर्नु भएको थियो सो कार्यक्रममा पुरन चन्द्र तमोली, डाक्टर प्रकाश नाग, डाक्टर रविभूषण चौरसिया, डाक्टर सुरेश कुमार नाग लगायतले आआफ्ना भनाईहरु राख्नु भएको थियो ।

सोक्रममा आजिवन तथा साधारण सदस्यलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने शुभकामना आदानप्रदान कार्यक्रम बीच चौरसिया समाजका महिलाहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुती गरेकी थिन उक्त कुरा चौरसिया समाजका सदस्य दिपक नागले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?