Logo

छठ पर्वको अवसरमा नेपालगन्ज बागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

Samachar Rekhanews ३ मंसिर २०८०, आईतवार २३:२९ मा प्रकाशित

बाँक मंसिर ३ गते ।
छठ पर्वको अवसरमा नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरका भक्तजनको घुइँचो लागेको छ । अस्ताउँदो सूर्यलाई भक्तजनले अर्घ दिएका छन् ।

भक्तजनले श्रद्धा, भक्तिपूर्वक धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाई रहेका छन् ।अघिल्लो वर्षको भन्दा यस वर्ष बागेश्वरी मन्दिर परिसरमा भक्तजनको संख्या अत्यधिक बढेको बागेश्वरी मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

विगत १० वर्षदेखि नेपालगन्जमा छठ पर्व मनाउने क्रम बढ्दो छ ।सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यो एउटा यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छषष्ठी तिथिमा मानिने हुनाले यसलाई छठ भनिएको हो । छठ भनेको छैँटो तिथि अर्थात् छ अंक को प्रतिकात्मकस्वरुप यसलाई यस्तो नाम दिईएको हो ।

यो पर्व चतुर्थीको दिनदेखि सुरु भए तापनि षष्ठी तिथिमा अस्ताउन लाग्दाखेरीको सूर्यलाई पूजा गरी अर्घ्य दिएपछि त्यो रातभर जाग्राम बसी भोलिपल्ट सप्तमीको सूर्योदयमा सूर्यको पूजा गरी पुनः सूर्यलाई अर्घ्य दिएपछि मात्र यो ब्रतको समापन गरिन्छ । अघि त्रेता युगमा भगवान श्रीरामले सीतालाई अयोध्यामा लिएर आउँदा सरयु नदीमा स्नान गरी यहीँ कार्तिक शुक्ल षष्ठीको दिन अस्ताउँदो सूर्यास्तलाई अर्घ्य दिएर यो ब्रतको सुरुआत भएको मानिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?