Logo

छुवाछुत मुक्त गर्न सोच परिवर्तन हुनुपर्नेमा जोड उद्योग तथा आपुर्ति राज्य मन्त्री विमला।

Samachar Rekhanews २२ जेष्ठ २०७८, शनिबार ००:१६ मा प्रकाशित

जेठ २१
नेपालगन्ज ।छुवाछुत मुक्तराष्ट्र घोषणा भएको १५बर्ष पुगेको सन्दर्भमा अखिल नेपाल महिला संघ
सातौ राष्ट्रिय सम्मेलन आयोजक कमिटि द्धारा आज शुक्रवार आयोजना गरीएको जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको भर्चुअल जुम अन्र्तक्रियामा जातिय छुवाछुत सम्बन्धि कानुन बनाएर मात्र हुदैन सोचमा परिवर्तन गर्न जरुरी भएको निष्कर्ष निकालिएको छ ।
कार्यक्रममा प्रमुख अथिति उद्योग तथा आपुर्ति राज्य मन्त्री विमला वि.कले दलितका समस्या गैर दलितका पनि समस्या हुन, दलितका मुदा गैरदलितले पनि उठाउनु पर्छ,दलित समुदायमाथि रहेको छुवाछुतको अन्त्य गर्न सोचमा परिबर्तन गर्नुपर्छ, शिक्षामा जोड दिनुपर्छ, दलितको पहुंच शिक्षा, स्वास्थ्य र रोजगारीमा पुग्नु पर्छ भन्दै छुवाछुतका सवालमा संविधान र कानुनमा लेखेका कुरा राम्रा भए पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो गर्नु भयो । उहाँले छुवाछुत सम्बन्धिका सवाल गैर दलितका प्रमुख मुद्धा बन्नु पर्नेमा जोड दिदै छुवाछुतका मुद्दा दर्ता गर्न पनि समस्या भएको भन्दै छुवाछुत सम्बन्धि केन्दीय महानगर प्रहरीमा २०२वटा मुदा दर्ता भएकोमा ९१वटा उजुरी मात्र ठहर भएकोमा खेद प्रकट गर्नु भयो । उहाँले कुनकुन दलित महिला कुनकुन कमिटिमा बसेर के के काम गरेका छन् बायाडाटा निकालेर सोहि अनुसार अबसर दिनु पर्ने बताउनु भयो ।
यसैगरी राष्ट्रिय योजना आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालमा ६०लाख दलित भएको डाटा प्रस्तुत गर्दै छुवाछुतको मुद्दा राजनीतिक पार्टीका अभियान बन्नु पर्नेमा जोड दिनु भयो । यसैगरी पुर्व संसद पार्वती विसुन्केले सार्वजनिक स्थानमा दलित र गैर दलित सगै बसेर चिया खाने,खाना खाने कुरामा परिवर्तन आएको भएपनि निजी जिवनमा परिवर्तन नआएको वताउनु भयो ।उहाँले सगै बसेर खाना खाएपनि दलित र गैरदलितको व्यक्तिगत जीवनमा विवाहवारी नचल्ने गरेको हुदा छुवाछुत मुक्त गर्न सोच र व्यवहारमा परिवर्त हुनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय महिला फाट इन्चर्ज गोमा देबकोटा, अनेमसंघका रीता कुमारी शाह,सीता सुनदास लगायतका व्यक्तिले छुवाछुतमुक्त समाज कसरी बनाउन सकिन्छ भन्ने सवालमा आ–आफ्नो विचार राख्नु भएको थियो ।
अखिल नेपाल महिला संघका केन्द्रिय सचिव सुजिता शाक्यद्धारा संचालन गरीएको कार्यक्रममा पुर्वमन्त्रि एवं अनेमसंघका सह–संयोजक थममाया थापाको अध्यक्षतामा भर्चुअल जुम कार्यक्रम संचालन गरीएको थियो । यसैगरी प्रविधिमा अनेमसंघका केन्द्रिय कमिटीका प्रचार विभाग प्रमुख शर्मिला कार्की रहनु भएको थियो । कार्यक्रममा सातैं प्रदेशका सय जनाको सहभागीता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?