Logo

जनताको समस्यालाई शिरमै राखेर बिकास र निकासको काम गर्नेछु: ढकाल

Samachar Rekhanews १२ मंसिर २०७९, सोमबार १०:३३ मा प्रकाशित

सरला सुबेदी
बाँके । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजा सङ्ग सङ्गै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्न निस्किएका छन् ।
आइतबार बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सुर्य ढकाल र प्रदेश ख का दुर्गा प्रसाद थारु राप्तिसोनारी गाउँ पालिकाका विभिन्न वडा र टोलहरुमा जसरी निर्वाचन हुनु अघि जनताको घरदैलो मा गएर मत मागेका थिए त्यसैगरी निर्वाचित भएपछी धन्यवाद ज्ञापन गर्दै हिडेका छन् ।

स्थानिय मतदाताको घर आगनमा ढकाल र थारु पुग्दा स्वतस्फूर्त रुपमा उत्साहित हुँदै बाजागाजा सहित फुलमाला र अबिरले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिदै अबको पाँच बर्षमा यो क्षेत्रको सम्पुर्ण बिकासमा दत्तचित्त भएर लाग्न स्थानियले सुझाब समेत दिएका छन् ।
स्थानिय मतदाताको मत माया स्वागत अनि सम्मानको सधै कदर गर्दै राप्तिसोनारी गाउँका जनताको समस्यालाई शिर मा राखी जनतालाई साथमा लिदै सधै बिकास र निकासको योजना सहित काम गर्ने ढकाल र चौधरीले प्रतिबद्धता जनाएका छन् । उनिहरुले अबको केही दिनमै पालिका भित्र रहेका समस्या पहिचान गरि समस्या टिपोट गरि लैजाने र पाँच बर्ष भित्र योजनाबद्ध रुपमा समस्याको समाधान गरिने बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?