आज मन्त्री अब्दुल खान नेपालगञ्जको भ्रमणमा
१४ माघ, नेपालगञ्ज । जनमत पार्टीका उपाध्यक्ष तथा खानेपानी मन्त्री अब्दुल खान नेपालगञ्जको भ्रमणमा रहेका छन्
मन्त्री भएपछि उनी पहिलो पटक नेपालगञ्जको भ्रमणमा आएका हुन् ।
शनिवार नेपालगञ्ज आइपुगेका मन्त्री खान सबै भन्दा पहिले नेपालगञ्जको धम्बोझीमा रहेको मस्जिद पुगेर नेपालगञ्ज गणेशपुर ४ मा रहेको गुलशने दानिश मदिना मस्जिद पुगेका छन् ।
सो पछि क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालयको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । त्यहाँ पुगेर कार्यालयको कार्य प्रगतिबारे जानकारी लिने कार्यक्रम रहेको बताइएको छ ।
त्यस्तै आज शनिवार दिउँसो ३ बजे नेपालगञ्ज वडा नं. ४ मा रहेको पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट कार्यक्रम रहेको छ ।
आफ्नो कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको पार्टीका जिल्ला सह सचिव रियाज अन्सारीले जानकारी दिएका छन् ।
मन्त्री खानलाई जनमत पार्टीले स्वागत तथा अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको सह सचिव अन्सारीले जानकारी दिए । नेपालगञ्जपछि मन्त्री खान पहिलो पटक गृह जिल्ला गुलरिया बर्दिया जाने कार्यक्रम समेत रहेको जानकारीमा आएको छ ।