Logo

जमुनाह प्रहरी द्वारा ५ लाख बराबर को अबैध भन्सार छली ल्याउदै गरेको सामान बरामद।

Samachar Rekhanews २२ आश्विन २०७८, शुक्रबार १५:४५ मा प्रकाशित

नेपालगन्ज । असोज २३ गते
इलाका प्रहरी जमुनाहको टोलीले भन्सार छली ल्याइँदै गरेको ठूलो परिमाणमा लाखौं लाख को अवैध सामाग्री बरामद गरेको छ ।

ठूलो परिमाणमा अवैध तस्करी भइरहेको बिशेष सूचनाका आधारमा केही दिन अघि वडा प्रहरी कर्यालय बाट सरुवा भएर गएका इलाका प्रहरी जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको कमान्डमा गएको टोलीले भारतबाट नेपालगन्ज तर्फ भन्सार छली गरेर ल्याउँदै गरेको ठूलो परिमाणको सामाग्री बरामद गरेर गरेको छ ।

गएराती १० बजे नायब निरीक्षक बिष्टको कमान्डको टोलीले नेपालगन्ज १५ जमुनाह गाउँबाट ल्याइएको ५ लाख भन्दा बढीको अवैध सामाग्रीलाई बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी बाँकेका अनुसार बरामद गरिएका ५ लाख २२ हजार ३१० रुपैयाँ बराबरका अवैध सामाग्रीहरुमा ठूलो लत्ताकपडा, ४ बोरा सुपारी, लेडिज सुट, जेन्स कपडा, किराना सामाग्री, फलामे सामाग्री लगायत अन्य सामाग्री रहेका छन् । बरामद गरिएको सामाग्री आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी  बाँकेले  जनाएको छ


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?