Logo

जसपाका उम्मेदवारलाई जिताउने मतदाताहरुको प्रतिबद्धता

Samachar Rekhanews २३ बैशाख २०७९, शुक्रबार १५:४२ मा प्रकाशित

बाँके बैशाख २३ गते ।
नेपाली काँग्रेस र जनता समाजबादी पार्टी जसपाको गठबन्धनबाट नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राइको चुनाबी अभियान थप आक्रमक भएको छ ।

आज पनि बिहानै देखि राई चुनावी घरदैलोमा ब्यस्त छ्न । नेपालगन्ज उपमहानगरपालिका–१३ मा आज घरदैलो गर्दै गर्दा राइप्रति मतदाताहरु उत्साहीत देखिएका थिए ।

मतदाताहरुले राईलाई बिजयीको शुभकामना दिएका छ्न । जसपाका तर्फ बाट वडा न. १३ का वडा अध्यक्ष पदका उम्मेदवार सुरेश सिंह ठाकुरसहितको घरदैलोमा मतदाताहरुको अपार जन समथककन प्राप्त भएको राईले बताए ।

घरदैलोका क्रममा मतदाताले स्वतःस्र्फुत रुपमा सहभागिता जनाएका थिए । स्थानीय बासिन्दाहरु स्वःस्फुर्त रुपमा घर बाहिर निस्केर जसपाका उम्मेदवारलाई जिताउन प्रचार गरेका हुन् । त्यसक्रममा ठुलो संख्यामा उपस्थिती रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?