Logo

जसपा नेपाल ले लुम्बिनी प्रदेशमा बलिदानी दिवस मनायो

Samachar Rekhanews ५ माघ २०७८, बुधबार २०:५८ मा प्रकाशित

कृष्णनगर, माघ ५
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा जनता समाजवादी पार्टी नेपाल कृष्णनगर ले आज मधेसी शहिदहरूको समझनामा बलिदानी दिवस मनाएको छ l

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय परिषद सदस्य अकरम पठान, विशिष्ट अतिथि जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य राम सेवक यादव, पूर्व सांसद प्रत्याशी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रतिनिधि जगदीश प्रसाद चौधरी रहनुभयोl

मधेस आन्दोलनका क्रममा शहिदहरूको समझनामा मौन धारण तथा दिप प्रज्वलन गरिएको थियो l

कार्यक्रम मा बोल्दै प्रमुख अतिथि पठानले मधेसी जनता नेपाल देश बनाउन ठूलो योगदान गरेको, मधेसी जनता को बलिदान व्यर्थ नजाने बताउदै मधेसी जनता को हकहित का लागी आफूहरू सधै समर्पित रहने बताउनुभयोl

कार्यक्रममा रामसेवक यादव, बजरंगी गुप्ता, निखिल पाठक लगायतले आ आफ्नो मन्तव्य राखनुभयो l

उक्त कार्यक्रममा मोहम्मद अरबाज खान, राम कुमार लोहार, वृजेश कुमार गुप्ता, राम शंकर जयसवाल, असीष यादव लगायतको सहभागिता रहेको थियो l


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?