Logo

जसरी मत माग्न पुगियो त्यसैगरी सम्पुर्ण मतदातालाई धन्यवाद दिन पुग्नेछौ।

Samachar Rekhanews १३ मंसिर २०७९, मंगलवार १२:२५ मा प्रकाशित

सरला सुवेदी
बाँके ।नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका सुर्य ढकाल र प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरी आफ्ना मतदातालाई धन्यवाद ज्ञापन गर्न बिना तडकभडक बिना झण्डा मोटरसाइकल मै हिडेका छन् । निर्वाचित ढकाल र चौधरी भन्छ्न पहिले भोट माग्न मोटरसाइकल र पैदल मै गैइयो अब पनि यसरी नै मोटरसाइकल मै सम्पुर्ण जनताको घर आगन र टोल टोलमा गएर मतदातालाई धन्यवाद ज्ञापन गर्नेछौ
आइतबार कोहलपुर नगरपालिकाको वडा नम्बर १३,१,२,३,४,५,६,७, र ८ मा गरिएको घरदैलो र कोणसभा कार्यक्रममा गएर ढकाल र चौधरीले धन्यवाद ज्ञापन गरेका छन् भने स्थानीय मतदाताले उत्साहित हुँदै सफल कार्यकालको शुभकामना दिदै यश क्षेत्र को समग्र बिकासको लागि अनुरोध समेत गरेका छन् ।
यस्तै टोलटोलमा पुग्दा मतदाताहरु उत्साहित भएको देखेर आफुहरुमा नि थप उर्जा थपिएको बताउछन् निर्वाचित सासदद्वय। जसरी मत माग्न टोल टोल आयौ त्यसरी नै सबै टोल टोल घरघरमा धन्यवाद ज्ञापन गर्न जानेछौ र पछि हजुरहरुको समस्या बुझ्नेछौ र समाधान तर्फ दत्तचित्त भएर लाग्नेछौ भनेर प्रतिबद्धता जनाएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?