Logo

जानकी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत डाँगी हाजिर

Samachar Rekhanews ६ भाद्र २०७९, सोमबार २२:४३ मा प्रकाशित

बाँके / जानकी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा सिंहराज डाँगी कार्यालयको समय सकेपछि आज ५ बजेर ३३ मिनेटमा हाजिर भएका छन् । डाँगीलाई राप्ती सोनारीबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले कार्यालयको काम सकेर कर्मचारीहरुसंग छलफल गरिरहेका बेला सोमबार बेलुका ५ बजेर ३३ मिनेटमा जानकी गाउँपालिकामा उपस्थित भएका प्रमुख प्रशासकीय अधिकृत डाँगीले कार्यालय समय सकेपछि गाउँपालिका अध्यक्ष छब्बन खाँको तोका आदेश गराइ रजिष्टर मगाएर आफै हाजिर गरेका थिए ।

हाजिर भएपछि डाँगीलाई गाउँपालिका अध्यक्ष छब्बन खाँले आफै हाजिर भएपनि नियमानुसार केहि दिन भित्रै स्वागत र विदाई कार्यक्रम गर्ने बताए ।

जानकी गाउँपालिकाको वडा नं ५ को वडा अध्यक्ष टिकानाथ यादवले सेवाग्राही र कर्मचारी‌ बिचको सम्बन्ध बलियो बनाएर अगाडि बढ्न सुझाव दिए ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई गाउँपालिका अध्यक्ष छब्बन खाँ, प्रवक्ता टिकानाथ यादव, शिक्षक राजु यादव, गाउँपालिकाक अध्यक्षका परामर्शदाता सोहराब अलि दर्जी लगायतले स्वागत गर्नुभएको थियो ।

जानकी गाउँपालिकाको बिकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाको डुडुवा गाउँपालिकामा सरुवा भएको जानकी गाउँपालिकाले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?