Logo

जानकी गाउँपालिकालाई विकसित पालिका निर्माण गर्न प्रमुख खाँको योजना

Samachar Rekhanews १ श्रावण २०७९, आईतवार १०:०८ मा प्रकाशित

बाँके / जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार दिन बाँकेको मानपुरमा सम्पन्न भएको छ ।

जानकी गाउँपालिकाको आयोजना र बास नेपालले सहजीकरण गरेको सार्वजनिक सुनुवाईमा गाउँपालिका प्रमुख छब्बन खाँले गाउँपालिकाले प्रवाह गरेको सेवा सुविधा र भावी योजनाहरुबारे जानकारी गराउनुभएको थियोे ।

प्रमुख खाँले जानकी गाउँपालिकालाई विकसित पालिकाको रुपमा स्थापित गरेर पालिकाको समग्र विकासका लागि आर्थिक बर्षको योजनामा केन्द्रित रहेर नाला, ढल निकास, सडक, शिक्षा, स्वास्थ्य, कृषि र भेटनरी लगायतका क्षेत्रमा सुधार गर्ने योजना बनाइएको बताए । उहाँले आर्थिक अवस्था कमजोर भएका गाउँबासीहरूका लागि सीपमुलक तथा आयआर्जन मुलक कार्यक्रम समेत ल्याइने बताउनुभयो ।

कार्यक्रममा गाउँबासीहरूले जानकी गाउँपालिकाले प्रवाह गर्ने सेवा सुबिधाहरुलाई पारदर्शी र जवाफदेही बनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, लेखा अधिकृत मतीन अहमद अन्सारी, जिल्ला समुन्वय समितिका सदस्री जुल्फिर मनिहार शिक्षा शाखा प्रमुख प्रतिभा ओली खड्का, स्वास्थ्य प्रमुख दल बहादुर राना, कृषि शाखा प्रमुख मनोज मण्डल, महिला बालबालिका शाखा प्रमुख कल्पना गाहा मगर, प्रारम्भिक शाखा प्रमुख धन बहादुर रोकाय, सूचना अधिकृत बिकास जिसि, योजना शाखा अधिकृत शोभा पौडेल, प्रशासन शाखाका गोपी चन्द चौलागाईं , जिन्सी शाखाका ईश्वर कुमार बम, रोजगार शाखा प्रमुख शीमा चौधरी, लघु उद्यमकी सावित्रा रेग्मी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिका प्रामर्सदाता सोहराब दर्जी लगायतका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा करीब एक सय भन्दा बढीको सहभागिता रहेको जानकी गाउँपालिकाको प्रेस सल्लाहकार साहिल शेष (ताहिर)ले जानकारी दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?