Logo

जानकी गापा. मातहतका विद्यालयहरुमा वार्षिक परिक्षा भोलिबाट ।

Samachar Rekhanews १ बैशाख २०७९, बिहीबार २०:१८ मा प्रकाशित

साहिल शेष (ताहिर)
खजुराखुर्द, १, बैशाख
बाँकेको जानकी गाउँपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखा मातहतका सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयहरुको वार्षिक परिक्षा भोलीबाट सञ्चालन हुँदैछ ।

बिहिवार चैत्र-१७ गते परिक्षा समितिको बसेको बैठकले सो निर्णय गरेको छ । शिक्षा शाखाले सुचना जारी गर्दै बैशाख -२ गते शुक्रबारदेखि मातहतका सम्पुर्ण विद्यालयहरुलाई वार्षिक परिक्षा सञ्चालन गर्ने निर्देशन दिएको हो ।

शिक्षा,युवा तथा खेलकुद शाखा जानकी गाउँपालिका अन्तर्गत सञ्चालित शैक्षिक-सत्र २०७८ को कक्षा -१ देखि कक्षा- ९ सम्मको परिक्षा बिहान १० बजेदेखि तपसिलको समय र तालिका बमोजिम परिक्षा सञ्चालन गर्न विज्ञप्तिमा उल्लेख्य छ ।

पालिका अन्तर्गत सामुदायिक विद्यालय २४ वटा मदरसा १५ वटा बालबिकास ४३ वटा र संस्थागत विद्यालय ८ वटा गरि जम्मा ९० वटा शिक्षण संस्थाहरु सञ्चालित रहेको शिक्षा,युवा तथा खेलकुद शाखा अधिकृत प्रतिभा ओलि खड्काले बताउनु भयो ।


लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?