Logo

जिल्ला प्रहरी कार्यालयमा अमर प्रहरी स्मारकको उद्घाटन

Samachar Rekhanews ६ असार २०७८, आईतवार १९:३१ मा प्रकाशित

बाँके असार ६ गते ।
जिल्ला प्रहरी बाँकेको कार्यालय परिसरमा नव निर्मित अमर प्रहरी स्मारकको उद्घाटन गरिएको छ आज एक कार्यक्रमकाबीच प्रहरी स्मारकको उद्घाटन गरिएको बाँकेका एसपी ओम रानाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली सेनाका सेनानी नकुल थापा, सशस्त्र प्रहरी उपरीक्षक असोक बम, राष्ट्रिय अनुसन्धान निर्देशक नरेन्द्र गरीलगायत स्मारक निर्माण समितिका पदाधिकारी तथा स्मारक निर्माणमा सहयोग पुर्‍याउनुहुने महनूभावहरु र पुर्व प्रहरी, अशक्त प्रहरीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्मारक निर्माण समितिलाई धन्यवाद दिँदै अमर प्रहरीको अस्तित्व जोगाई राख्न स्मारक आवश्यक हुने कुरा समेत ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रहरी उपरीक्षक ओम बहादुर रानाले स्मारक निर्माणमा प्रतक्ष तथा अप्रत्क्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई धन्यबाद दिँदै सहयोग पुर्‍याउने महानुभावहरुलाई खादा ओढाई प्रशंसा पत्र समेत प्रदान गरी सम्मान गर्नु भएको थियो ।

अम्मर प्रहरी, पूर्वप्रहरी र प्रहरीको संयुक्त पहलमा निर्माण समिति गरी श्रमदान र दाताहरुको सहयोगमा स्मारक बनेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?