Logo

टिपरको ठक्करबाट बाँकेको राप्तीसोनारीमा एक जना पुरुषको मृत्यु,

Samachar Rekhanews १ असार २०८१, शुक्रबार १४:४६ मा प्रकाशित

बाँके जेठ ३२ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ स्थित ढकेरीमा गए राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । स्थानीयले उक्त टिपरमा आगजनी गरेका छन् भने राजमार्ग अवरुद्ध पारेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले गए राति टिपरको ठक्करबाट राप्तीसोनारी ९ स्थित ढकेरीमा मोटरसाइकल चलाइरहेका राप्तीसोनारी गाउँपालिका ८ का अन्दाजी ३५ वषीय लोकेन्द्र विष्टलाई ठक्कर दिँदा विष्टको घटनास्थलमै ज्यान गएको बताउनुभयो ।

उहाँका अनुसार गए राति अन्दाजी ९ः३५ बजेको समयमा कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे १ख ३०१९ नम्बरको टिपरले पूर्वबाट कोहलपुरतर्फ आउँदै गरेको भे१०प १४१३ नम्बरको विष्ट सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करपश्चात् विष्टको घटनास्थलमै ज्यान गएको हो ।

स्थानीयले ठक्कर दिने टिपरलाई आगजनी गरेको र सडक अवरुद्ध पारेको उहाँले जानकारी दिनुभयो । दुर्घटनापश्चात् टिपरचालक फरार रहेको साथै उक्त गाडीका मालिक भने प्रहरीको सम्पर्क आएको उहाँले जानकारी दिनुभयो । सडक खुलाउनका प्रहरीले पहल गरिरहेको छ । साथै फरार रहेका टिपर चालकको पनि खोजतलास भइरहेको प्रनाउ डाँगीले जानकारी दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?