Logo

डाँफे स्पोर्टस क्लव र रोयल नेपालगञ्ज फुटबल क्लव फाइनलमा प्रवेश

Samachar Rekhanews २० आश्विन २०७८, बुधबार २२:५९ मा प्रकाशित

नेपालगञ्ज – नेपालगञ्ज रंगशालामा जारी प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा न्यू डाँफे स्पोर्टस क्लव र रोयल नेपालगञ्ज फुटबल क्लव फाइनलमा प्रवेश गरेका छन् ।
न्यू डाँफेले नेपाली सेनाको भैरवप्रसाद गण र रोयलले हेल्थ विनिफिटनेसलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो खेलमा न्यू डाँफेले भैरवप्रसाद गणलाई १–० गोलले पराजित ग¥यो । खेलको २४ मिनेटमा सुदीप सलामीले गरेको गोल नै निर्णायक भएको थियो । भैरवप्रसाद गणको डीएरिया बाहिरबाट पाएको फ्रिकिकलाई सलामीले गोलमा परिणत गरेका थिए । त्यसपछि दुवैतर्फबाट केही अवसर सिर्जना गरेपनि गोल हुन सकेन ।

यो खेलमा न्यू डाँफेका कृष्ण रानाभाट म्यान अफ द म्याच भए उनलाई जीमप्रशिक्षक अमृत घलेले पुरस्कृत गरे । अर्को खेलमा रोयलले हेल्थ विनिफिटनेसलाई २–० गोलले पराजित ग¥यो ।

रोयलको तर्फबाट यमबहादुर बुढाथोकीले १२ मिनेट र भुपेन्द्र शाहीले २३ मिनेटमा गोल गरेका थिए ।
रोयलको अगाडि विनिफिटनेस कमजोर देखिएको थियो । रोयलका नरेन्द्र शाहले फाउल हानेपछि रेडकार्ड पाएका छन् ।

यो खेलमा रोयलका अतिश विक म्यान अफ म्याच भए । उनलाई रोयल नेपालगञ्ज फुटबल क्लवका कोषाध्यक्ष अमृत श्रेष्ठले पुरस्कृत गरे ।

असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई एक लाख एघार हजार एक सय एघार रुपैया र द्वितिय हुनेलाई ५१ हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ ।
फाइनल खेल बिहीबार दिउँसो २ बजे हुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?