Logo

डुडुवाको १३औ गाउँसभाबाट बजेट तथा कार्यक्रम संशोधन

Samachar Rekhanews १२ जेष्ठ २०८०, शुक्रबार १७:०९ मा प्रकाशित

१२ जेठ, नेपालगञ्ज । बाँके डुडुवा गाउँपालिकाको १३औँ गाउँसभाले बजेट तथा कार्यक्रम संशोधन गरेको छ । शुक्रबार बसेको गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
चालु आर्थिक वर्षमा यस गाउँपालिकाको निति कार्यक्रम तथा बजेटबाट बिनियोजित कार्यक्रमहरु कार्यावन्यन गर्ने क्रममा नेपाल सरकार संघिय अर्थ मन्त्रालयको परिपत्र तथा निर्णयबाट बिनियोजित विभिन्न अनुदान रकम कटौती भएपछि योजना तथा कार्यक्रम संचालन हुन सकेन । बजेट कटौतीले गाउँपालिकाबाट चालु आर्थिक वर्षका लागि प्रस्तावित विभिन्न (चालुगत तथा पूँजीगत) कार्यक्रमहरु कार्यावन्यन हुन नसकेको र आन्तरिक स्रोततर्फको नदीजन्य पदार्थको ठेक्का बन्दोबस्त हुन नसकेको, विकास निर्माणका कार्यमा स्रोत अभावका कारण कार्यान्वयन हुन नसेकेको अध्यक्ष चौधरीले संशोधन प्रस्तावमार्फत जानकारी गराएका थिए ।
हाल संचालनमा रहेका विभिन्न आयोजनामा स्रोत सुनिश्चिता गर्नुपर्ने र कार्यालय संचालनका लागि अनिवार्य दायित्वहरु तलब भत्ता पानी बिजुली पदाधिकारी सेवा सुविधा इन्धन संचार र मसलन्द तथा कार्यालय सामाग्री शिर्षकमा समेत स्रोत सुनिश्चित गरी भुक्तानी गर्न चालु आर्थिक वर्षको कार्यक्रमको संशोधन प्रस्ताव सर्वसम्म रुपमा पारित गरिएको हो ।
सभामा अध्यक्ष चौधरीले चालु आर्थिक वर्षमा जनप्रतिनिधीविच आपसी विवाद, ढिलो गरि बजेट पास र आर्थिक मन्दीले सरकारले गरेको बजेट कटौतीले गाउँपालिकाले खासै उपलब्धी गर्न नसकेको भन्दै नयाँ आर्थिक वर्षदेखि विशेष कार्यक्रम तथा अभियान लागु गरि लुम्बिनी प्रदेशकै नमुना पालिका बनाउने लक्ष्यका साथ अघि बढने बताए ।
सभामा उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँले पनि योजना तथा कार्यक्रमका बारेमा बोलेका थिए । सदस्य सचिव अशोक कुमार पाण्डेले संचालन गरेको गाउँसभामा ३२ जना सभासदमध्ये २२ जनाको उपस्थिति रहेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रत्येक आर्थिक वर्षमा कम्तीमा दुई पटक गाउँसभा बस्नुपर्ने प्रावधान अनुरुप सभा बसेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?