Logo

ताजिया विसर्जनसहित आज नेपालगन्जमा मोहर्रम पर्व सम्पन्न

Samachar Rekhanews ४ भाद्र २०७८, शुक्रबार २२:४६ मा प्रकाशित

सिराज खान
नेपालगञ्ज, भदौ ४ गते । धार्मिक सदभाव र सामाजिक एकताको प्रदर्शनसहित ताजिया विसर्जन गरेर मुस्लिम समुदायको मोहर्रम पर्व शुक्रवार सम्पन्न भएको छ ।

मुस्लिम धर्मगुरु तथा अगुवा मौलाना अब्दुल जब्बार मन्जरीले गत १० दिनदेखि विभिन्न धार्मिक कार्यहरु घरमै गरेर विहिवार राती ताजिया घर घरमा राख्नुका साथै शुक्रवार पालैपालो दुई चार जनाको समुहमा स्थानीय फुलटेक्रामा रहेको कर्बलामा गएर ताजिया विसर्जन गरेर पर्व सम्पन्न गरिएको बताउनुभयो ।
कोभिड १९ का कारण यस वर्ष १० दिनको कार्यक्रमलाई ५ दिनमा सिमित गरेर केही कार्यक्रम स्थगित गरेर शान्तिपुर्ण रुपमा मोहर्रम सम्पन्न भएको उहाँले बताउनुभयो ।

कर्बलामा ंशहीद हुनु भएका पैगम्बर हजरत मोहम्मदका नातीहरु हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीहरुले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् ।

उनिहरुकै शहादतको सम्झनामा अरबी क्यालेण्डर अनुसार मोहरर्रम महिनाको पहिलो साता विविध कार्यक्रम गरेर मनाईने यो पर्वमा हुसैन र हसनको सम्झनामा ताजिया राखिने परम्परा छ ।

कागजबाट बनाईएका ताजियालाई ९ तारिखमा आ–आफ्नो घर अगाडी स्थापित गरेर रातभरी जाग्राम बस्ने गरिन्छ । ती ताजियालाई राख्नु अघि भाकल गर्ने र आफ्नो मनोकामना पुरा भएपछि ताजिया राख्ने गरिन्छ ।

केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितीका अध्यक्ष फिरोज हलवाइले यस वर्ष कोभिड १९ महामारीका कारण मोहर्रमका सबै धार्मिक कार्य घरमै गर्ने निर्णय गरिएकोले सोही बमोजिम सम्पन्न गरिएको र स्थानीय कर्बलामा ताजिया विसर्जन गरेर पर्व सम्पन्न भएको बताउनुभयो ।
उहाँले यो पर्व हिन्दु, मुस्लिम सबैले मिलेर मनाउने गरेकोले यसलाई धार्मिक सदभावको पर्वका रुपमा पनि लिने गरिएको बताउनुभयो ।

केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितीका अनुसार विगतका वर्षहरुमा बाजागाजा सहित निस्केका जुलुसले ताजियासहित नगरपरिक्रमा गर्दै कर्बला पुगेर सेलाउने गरिएकोमा यस पटक सानो सानो समुहमा पालैपालो गएर विसर्जन गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?