Logo

तिन दिने भ्रमणका क्रममा गृहजिल्ला पुग्नुभएका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक सोमवार काठमाण्डौं फकिनु भएको छ ।

Samachar Rekhanews ६ मंसिर २०७८, सोमबार २२:५४ मा प्रकाशित

तिन दिने गृहजिल्ला भ्रमणपछि मन्त्री अथक काठमाडौतर्फ
तिन दिने भ्रमणका क्रममा गृहजिल्ला पुग्नुभएका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक सोमवार काठमाण्डौं फकिनु भएको छ ।
नेपालगञ्ज म्याराथनमाको उद्घाटन, राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास, विभिन्न खेल संरचनाको अनुगमनपछि मन्त्री अथक काठमाडौतर्फ फर्किनु भएको हो ।
राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यासका लागि बाँके पुग्नुभएका मन्त्री अथक विभिन्न कार्यक्रममा ब्यस्त हुनुभयो । मंसिर ३ गते बेलुका नेपालगञ्ज पुग्नुभएका मन्त्री अथक ४ गते बिहान नेपालगञ्ज म्याराथनमा सहभागी हुनुभएको थियो । प्रमुख अतिथिका रुपमा म्याराथनको उद्घाटन गरेपछि मन्त्री अथक केही दुरीसम्म प्रतिस्पर्धीहरुसँगै दौड्नुभएको थियो ।
तिन दिने जिल्ला भ्रमणमा क्रममा मन्त्री अथकले आईतबार महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नुभयो । मन्त्री नियुक्त भएलगत्तै अथकले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने निर्णय गर्नुभएको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नुभएको हो ।
१ अर्ब २२ करोड लागत अनुमान गरिएको उक्त एकेडेमीलाई रात्रिकालिन खेल संचालन गर्न सकिने तथा आवाशिय सुविधा सहित अन्तराष्ट्रिय स्तरमा निर्माण गरिने मन्त्री अथकले जानकारी दिनु भयो । आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त एकेडेमीको पुर्वाधार निर्माणको काम तत्काल अगाडी बढाउन अथकले निर्देशन समेत दिनु
भयो ।
यसैबिच आफ्नो निर्वाचन क्षेत्रमा भएका बिभिन्न गतिविधिको अनुगमनकालागि राप्तीपारी तथा नरैनापुर पुग्नुभएका मन्त्री अथकलाई स्थानियहरुले भब्य स्वागत गरेका थिए । जिल्लाको तिन दिने बसाईका क्रममा मन्त्री अथकले बिभिन्न खेल संरचनाहरुको अनुगमन गर्नुका साथै राजनीतिक कार्यक्रमहरुमा समेत सहभागिता जनाउनुभएको छ ।
यस्तै मन्त्री महेश्वरजंग गहतराज अथकलाई नेपाल पत्रकार महासंघले स्वागत गरेको छ ।
गृह जिल्ला भ्रमणमा रहनु भएका अथक मन्त्री भएपछि पहिलोपटक शाखामा स्वागत गरिएको हो ।
शाखा अध्यक्ष दामोदर भण्डारीले लगायतले मन्त्री अथकलाई शाखाको कार्यालयमा स्वागत गरेका हुन् ।
पत्रकारमाझ बोल्दै अथकले जिल्लाको खेलकुदसँगै समग्र विकासका लागि आफनो हर प्रयास रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
मन्त्री अथकले खेलकुद र पत्रकारिताबीच समवन्ध विस्तारमा पनि अहम भूमिका रहने भन्दै पत्रकारहरुको हकहितमा लाग्ने वचन दिनु भएको थियो ।
उहाँ सोमवार बेलुका काठमाण्डौं फर्किनु भएको सचिवालयले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?