
वैशाख २७ / काठमाडौं।
पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।
कोरोना संक्रमणबाट बुधबार मात्रै २३ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
लोकप्रिय समाचार