Logo

दरगाहे आला हजरतद्वारा राहत सामाग्री वितरण

Samachar Rekhanews १ श्रावण २०७८, शुक्रबार १९:४६ मा प्रकाशित

रुखशाना अन्सारी ।
बाँके, १ साउन ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मदिना नूरी मस्जिदमा कोरोनाबाट प्रभावित गरीब पीडितहरुलाई राहत सामाग्री वितरण गरिएको छ । भारतको बरेलीमा रहेको मर्कजे अहले सुन्नत दरगाहे आला हजरत र नेपाल वल्मा काउन्सिलको सहकार्यमा गरिएको खाद्यान्न सामग्री वितरण गरिएको हो ।

दरगाहे आला हजरतबाट खटिएको प्रतिनिधि मण्डलले मार्च १३ मा नेपालको अधिकांश जिल्लाहरुमा अवलोकन गरि रिपोर्ट तयार गरेको थियो । दरगाहे आला हजरतका प्रतिनिधि मौलाना सलीम नूरीले भन्नू हुन्छ उक्त रिपोर्टको आधारमा दरगाहे आला हजरतबाट राहत सामाग्री पठाएको छ । राहत सामाग्रीमा ५ किलो चामल, ५ किलो अटा,१ किलो चिनि,१ किलो नमक,१ किलो मसूर दाल र १ लिटर तेल रहेको थियो । बाँके जिल्लाको नगरपालिका र गाउँपालिका गरि १०० परिवारलाई राहत सामग्री वितरण गरिएको हो । सलीम नूरीको अनुसार मानवतालाई जोगाउन एक आर्कालाई सहयोग गर्नु पर्छ पीडित आसहायहरुको मद्दत गर्नु नै मानव जातिको लागि एउटा ठुलो उपलब्धि हो । उहाँले भन्नू हुन्छ नेपाल र भारतको सम्बन्ध आत्मीय रहेकोले हामीले एक आर्का प्रती सहयोगको भावना राख्नु पर्छ । नेपाल र भारत बीचको दीनी सम्बन्धलाई अझ बलियो बनाउन नेपालमा आउने दिनमा समेत सहयोग गर्ने उहाँले बताउनु भयो । नूरीको अनुसार दरगाहे आला हजरतले विगतमा पनि नेपाली नागरिकहरुलाई शैक्षिक , आर्थिक , सामाजिक रुपले सहयोग गर्दै आएको छ । ´

त्यस्तै नेपाल वल्मा काउन्सिल बाँकेला जिल्ला संयोजक मुफ्ती कैफुल्वरा खानले समेत नेपालमा शान्ति सद्भावलाई कायाम राख्न आग्रह गर्नु भयो । उहाँले भन्नु भयो , देशम जस्तो सुकै अवस्था आए पनि हामीले मानवतालाई न बिर्सी एक आर्कालाई सहयोग गर्नु पर्छ ।
उक्त राहत वितरण कार्यक्रममा नेपाल वल्मा काउन्सिल बाँकेका जिल्ला नायब संयोजक मुफ्ती नसिरुद्दीन अन्सारी , कारी अब्दुल कैयूम, कारी अजमत लगायत जिल्ला भरीको अधिकांश वल्मा र मुस्लिम समुदायको अग्रजहरुको उपस्तिथि रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?