Logo

दाङको तुलसीपुरमा आगलागीबाट निसास्सिएर चार बालबालिकासहित पाँच जनाको मृत्यु ।

Samachar Rekhanews २८ माघ २०७८, शुक्रबार १७:१६ मा प्रकाशित

दाङ – २८ माघ शुक्रबार
दाङको तुलसीपुर उपमहानगरपालिका – ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता–चप्पल गोदाममा आगो लाग्दा ५ जनाको निसास्सिएर ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा ४ जना बालबालिका रहेका छन् ।

आगलागीबाट मृत्यु हुनेमा अन्दाजी ५ वर्षका अबिददिन अली, १४ वर्षीया सजिता खातुन, १५ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस र ४० वर्षीय नजरदिन अली रहेका छन् ।

आगो नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उप महानगरपालिकाको दमकलको सहयोगमा आगोलाई बिहान ७ बजेतिर नियन्त्रणमा लिएको थियो ।

गस्तीमा गएको प्रहरीको टोलीले शुक्रबार बिहान करीब पौने दुई बजेतिर आगो लागेको देखेका थिए । त्यसपछि आगो नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।

आगलागी कसरी सुरू भएको भन्ने पूर्ण जानकारी न आएपनि विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको बताएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?