Logo

दाङमा जिपले मोटरसाइकललाई ठक्कर दिदा १ जनाको मृत्यु

Samachar Rekhanews २४ मंसिर २०७८, शुक्रबार ००:३७ मा प्रकाशित

(सागर थापा)
दाङ । बिहीबार बेलुका बोलेरोले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नं. १६ का ४३ बर्षीय युवराज चन्दको मृत्यु भएको छ ।

घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेका चन्द सवार रा ४ प ४०२ नम्बरको मोटरसाइकललाई पौने ८ बजेतिर तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा १ च ३८५ नम्बरको बोलेरोले घोराही १६ मा ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालका अनुसार गम्भीर घाइते चन्दको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा केही बेरमै मृत्यु भएको थियो । ठक्कर दिने बोलेरो जिप र चालक दाङ प्रहरीको नियन्त्रणमा रहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?