Logo

दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु रेडपान्डाको छालासहित ३ जना पक्राउ

Samachar Rekhanews १४ फाल्गुन २०७८, शनिबार २०:२७ मा प्रकाशित

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ वन्यजन्तु ओखेटो पहार रेडपाण्डाको छाला ठुलो मात्रामा हिमाली क्षेत्रबाट ल्याई बिक्री बितरणका लागि दाङ जिल्ला हुँदै काठमाण्डौं तिर लैजादै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले हिजो बेलुकी पक्राउ गरेको हो ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ–प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ बन्यजन्तु रेडपाण्डाको पाँच थान छाला सहित पक्राउ गरि घटना अनुसन्धान अघि बढाएको आज पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।

छाला सहित पक्राउ पर्ने गिरोहहरु सबै रोल्पाका हुन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नंम्बर ७ बस्ने वर्ष ३२ का राम बहादुर थापा, लुङग्री गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष २० का रुपक खडका र सुनछहरी गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष १९ का राम कुमार पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो

पक्राउ परेकाहरुले हिमाली क्षेत्रबाट कसैसँग कारोबार गरि अन्यत्र लैजाँदै गरेको बुझिएको छ । लोपोन्मुख हुन लागेको रेडपान्डा यति ठूलो परिमाणमा मारिनु भनेको यसको अस्तित्व नै थप संकटमा पर्ने अवस्थामा पुगेको उहाँले बताउनुभएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?