Logo

दाङ प्रहरीले मोटरसाइकल चोरी गर्ने मुख्य नाइके गिरोह र किन्ने सहित ३ जना पक्राउ

Samachar Rekhanews ६ श्रावण २०७९, शुक्रबार १६:५२ मा प्रकाशित

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले मोटरसाइकल चोरी गर्ने गिरोह र किन्नेलाई समेत पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

उक्त गिरोहले दाङको विभिन्न क्षेत्रहरुबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्लाहरु र केही मोटरसाइकल वर्कशपमा समेत लगेर सस्तो मूल्यमा बिक्री गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिएइको छ ।

उक्त गिरोहले केही महिनायता विभिन्न व्यक्तिका मोटरसाइकल चोरी गरेको तथ्य फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको छ ।

सोही आरोपमा पक्राउ ब्यक्तिहरु जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं.९ सखी घर भई हाल जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं.१४ बस्ने बर्ष ३० को भानुभक्त बाठा । जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं.१९ छिल्लीकोट घर भई हाल घोराही उप-महानगरपालिका वडा नं.११ बस्ने बर्ष २१ को मदन पुन । जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. १८ दुधरास बस्ने बर्ष १८ को बादल नेपाली लगायत मोटरसाइकल खरिद व्यक्तिमा संलग्नसहित ३ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

उक्त गिरोहले दिउँसो र रातको समयमा घरमै पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेर नम्बर परिवर्तन गरी पहाडी जिल्लाहरुमा लगेर २५ देखि ५० हजार रुपैयाँ मूल्यमा बिक्री गर्ने गरेको दाङ प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।

पटक/पटक मोटरसाइकल चोरी गरेको हुँदा उक्त गिरोहलाई पटके कायम गरी मोटरसाइकलको बजार मूल्य अनुसार बिगो भराउनुका साथै जरिवानासमेत हुने गरी मुद्दा चलाइने दाङ प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?