Logo

दुई लाख रुपैयाँ बराबरको सेनिटाइजर बिक्रीवितरणमा रोक

Samachar Rekhanews १८ जेष्ठ २०७८, मंगलवार २३:२७ मा प्रकाशित

बर्दिया जेठ १८ गते ।
बर्दियाको गुलरियामा करिब २ लाख रुपैयाँ बराबरको सेनिटाइजरलाई बिक्रीवितरणमा रोक लगाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अगुवाईमा अनुगमनका क्रममा प्रमाणित नभएका करिब २ लाख रुपैयाँ बराबरको सेनिटाइजरलाई बिक्रीवितरणमा रोक लगाइ थप अनुसन्धान र परिक्षणको लागि औषधि व्यवस्था विभागले नमुना लिएको पठाइएको हो ।

अनुगमनकै क्रममा व्यसायीको अनुपस्थितिमा औषधि बिक्रीवितरण भैरहेको एक पसल समेत बन्द गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए।

आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका नि. प्रमुख कृष्ण प्रसाद पौड्याल सहितको अनुगमन टोलिले उपभोग्य म्याद समाप्त भएका करिब २५ हजार भन्दा बढी मुल्य बराबरको विभिन्न तरकारीको बिउबिजन नष्ट गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?