Logo

देश नबन्नुमा दोश कस्को ?

Samachar Rekhanews ३ भाद्र २०८०, आईतवार १७:५८ मा प्रकाशित

कोहलपुर बाँके/ रमेश बस्नेत
हामी नेपाली बिर गोर्खालीका सन्तानहरू, मध्यकाल, बाइसे, चौबिसे राज्यहरु,राना काल, शाही काल, हुदै अहिलेको बहुदलिय लोकतांत्रिक व्यबस्था सम्म आउदा धेरै राज्य संचालनको ब्यबसथा देखियो, सुनियो,भोगी र निरअँकूस, अधिनाएक बादीहरु हुदै जनताका लागि जनताबाट अनुमोदन भएका राजाहरुको सासन व्यवस्थानि भोगदै छौl
अवस्था परिवर्तनका लागि ल्याईएका व्यवस्थाले कतै जनताको अवस्थालाइ परिवर्तन गर्न सकेको छैन कि ? या ब्यबसथा संचालन गर्ने सासकको विचार,राजनीतिक संस्कार आदि ज्ञानको अभाब हो कि? या सासकहरुले अध्यन गरेका अनेकौ बाद, राजनीति दर्सन, ज्ञान आदि हाम्रो माटो, समूदाय, देश सुहाउदो नभएर हो कि ? या सासकहरु को नियत, प्रब्रिती र ब्यबहार नै भ्रस्ट भएर हो? अथवा हामी आम मतदाता नै आफ्नो जिम्मेवारी थाहा नपाएर हो या नियत बस?

युरोपियन देशहरुमा २०० बर्स आगाडी देखि सुरु भएको बिकाश को गति अहिले सम्म आउदा यी देश हरु अहिले बिस्वका धेरै देशहरु भन्दा बिकसित र जनताहरु बिस्वका अन्य देशका भन्दा धेरै खुसि, आनंदित र आफु लाई सुरक्छित महसुस गर्ने गरेको लेख, विचारहरु पढ्न पाईन्छl
एशियामा सबै भन्दा लामो इतिहासको अस्तित्तो सायद नेपाल भन्दा अरु कुनै अन्य एशियाका देशहरु को छैन होला l नेपाल देश को इतिहास लाई पढ्ने हो भने एशियाका धेरै मुलुकलाइ अन्नबालि सहयोग गरेको,आर्थिक सम्मपन्नाता भएर हाम्रा त्यो समयका सासकहरु विदेशमा गइ मोज,मस्ती,बिलासितामा देशको ढुकुटी खर्च गर्ने गरेको इतिहास छl आम नागरिक र देश को इजत,बिरता,कला. कौसलता ,कल्चर,र पहिचानको गुण गान् बिदेशी रास्टहरुले गर्ने गरेको सुन्न पढ्न पाइन्छ l

अब अहिले को अबस्था हेर्दा उराठ,बैराग,दिक्क लागेर आउछ,वास्तवमा कहाँ निर हाम्रा नेत्रित्तो पंक्ती चुकेको छ त ?
सब थोक भएर केहि नभए जस्तो किन ? शिरमा टोपी हुदा नि टोपी मागे जस्तो l हामी आम मतदाता ,देशको सार्भभवम सत्ता जनतामा नीहीत भएको रास्टमा हामी असल,नैतिकवान,चरित्र वान निष्ठावान, कर्मठ,दुरदर्शी अभिभावक चुन् किन कपटी गर्दै छौ l तपाई हामी हाम्रा सन्तान को भबिस्य,आफ्नो अस्तित्तो,पहि चान,भूगोल किन मेटाउन खोजदै छौ ?हामी कतै स्वार्थमा डूबु लकी मारेर आनन्द लिरहेका त छैनौ ? हुनेलेत खाला,आफ्ना सन्तान चाहेको ठाउ,देशमा राम्रो भबिस्यकेका लागि पठाउला,के देश भित्र बस्ने जो अति गरिबीको रेखामा छ उसले आफ्ना बालबालिकालाइ राम्रो शिक्षा,भबिस्य दिन पाउने समान अधिकार छैन l पुजीबाद व्यवस्था चलिरहेको हाम्रो देश किन पुजी बाद को वास्तविक मर्म,धर्म र आचरणमा चल्दैन,एउटा किसान ले आफ्नो श्रम,लगानी डुबाएर आत्म हत्या गर्नु पर्ने अवस्था कै लागि हो यो व्यबस्था ? जनताको लगानी,श्रमको सम्मान, उत्पादित बस्तुहरुको सेक्युरिटी,र ब्यबस्थापन गरि पूर्ण ग्यारेन्टी लिनु पर्ने होइन?

हामी कहाँ चुकदै छौ?
हामी जनता सरबेसबा होइन ? हामी संग मत छ मन किन छैन?
हामी संग क्षमता,अनुभव,हाम्रा पुर्खाले सुमपिएको सुन्दर उपहार छ तर हामी लात मार्दैछौ किन? छ त कमि एक कर्मठ,निष्ठावान,नैतिकवान,राम्रो दर्शन,व्यवस्थापक, र दुरद्र्सी नेत्रित्तो गर्ने अभिभावक l हामी जस्तो विचार रोप छौ त्यस्तै परिणाम पाउछौl त्यसैले हामी आम जनता सचेत,सजग,र नैतिकवान बन्दै खबरदारी गर्नु पर्ने हो कि? रास्टले हाम्रा लागि पनि तोकिएका जिम्मेवारी इमान्दार पुर्बक पुरा गरि रास्ट मा बिधिको सासन,सुसान कायम राखदै देशमा संब्रिधी,बिकाश,र सुनौलो भबिस्य सहितको पहिचान ल्याउनमा अब अगी बढ्ने हो कि? नेत्रित्तो खराब कि व्यबस्था अध्यन, बहस,छलफल आदि इत्यादी गर्ने कि ?

आफ्नो प्रतिक्रिया राख्नु होला


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?