Logo

देश बिदेशमा खेलाडिको रुपमा परिचित निजामुद्दीन सिद्दीकी” ( मुन्ना ) को राजनीति यात्रा।

Samachar Rekhanews २६ बैशाख २०७९, सोमबार ०९:०९ मा प्रकाशित

बाँके । विक्रम संवत २०१६ सालमा बुवा स्वर्गीय अब्दुल अजिज सिद्दीकी र स्वर्गीय आमा सुग्रा खातुनको कोखबाट जन्मिएका निजामुद्दीन सिद्दीकीको सानै उमेर देखि राजनितिमा झुकाव रहेको थियो । २०४६ सालबाट सक्रिय राजनीति सेवामा प्रवेश गरेका हुन् ।मुस्लिम समुदायमा जन्मिएर हुर्किएका उनी निकै सरल स्वभावका छन् उनी नेपाली काङ्ग्रेसका निवर्तमान बाँके जिल्ला कोषाध्यक्ष समेत हुन् ।
सानै उमेरदेखी राजनीति र समाज सेवामा खरिएका सिद्दीकी खेलकुद जगतमा राष्ट्रिय अन्तरास्ट्रिय स्तरमा आफुलाई अनि सिङ्गो नेपाललाई चिनाउन सफल भएका छन् । उनि राजनितिमा विद्यार्थी हुनेबेला देखि सक्रिय भएपनी त्यो बेला उनले खेलकुद बिकासको लागि आफ्नो जिवनको चार दशक बढी खेलकुदकै लागि आफ्नो समय खर्चिएका थिए । उनी राष्ट्रिय फुटबल खेलाडी र अन्तरास्ट्रिय स्तरका हक्की खेलाडी हुन् । २०३८ सालमा प्रथम राष्ट्रिय खेलकुद हुँदा बाग्मती अञ्चल र भेरी अन्चलको खेल हुँदा खेलमै पहिलो पटक गोल हान्न सफल भएका सिद्दीकीले त्यो बेला आफ्नो टिमलाई दोस्रो बनाउन सफल भएका थिए उनको खेलप्रतिको लगाब देखेर खेल हेर्न आएका स्वर्गीय राजारानीले उनलाई सम्मान स्वरुप तक्मा लगाइदिएका थिए। सिद्दीकी बाँके फुटबल संघको निवर्तमान बरिस्ठ उपाध्यक्ष र बाँके जिल्ला हक्की संघको जिल्ला सभापति समेत भएर निरन्तर खेलकुदको बिकास अनि खेलाडिको भविष्यप्रती सधै चिन्तित भएर लागिरहे। उनले ३ बर्ष आर्मिको टिमबाट फुटबल खेले र २०३२ सालदेखी २०४० सालसम्म ९ बर्ष लगातार नेपाल प्रहरिको टिमबाट फुटबल खेलेका थिए । उनी कुशल खेलाडि सङ्गै कुशल प्रशिक्षक पनि हुन् । उनले बाँके जिल्लामा आफ्नै व्यक्तिगत खर्चमा हक्की र फुटबलका गरेर ३६ जना खेलाडी जन्माएर उनिहरुलाई अहिले आफ्नै खुट्टामा उभिन सक्ने वनाएका छन् । आफुले जन्माएका खेलाडी भाईबहिनिहरुले खेल प्रती देखाएको लगाव अनि आफुप्रती गरेको सम्मानले छाती चौडा भएको बताउछन् ।

खेलकुद समाजसेवा अनि राजनीनिलाई सङ्गसङ्गै अगाडि बडाएका सिद्दीकीले वडाबासिको मात्र नभएर समग्र नेपालकै मन जितेका छन् ।

२०३८ सालमा पहिलो पटक राष्ट्रिय खेलकुदमा भाग लिदा जुन उत्साह सिद्दीकीमा थियो त्यो बेलाको जोश जागर र उत्साह आजपनी उनीमा त्यतिकै देख्न सकिन्छ।

२०४६ साल देखि नेपाली काङ्ग्रेसको सक्रिय सदस्य भएदेखि निरन्तर आजसम्म अनि उनी पाटी भित्रका सक्रिय योद्धाको रुपमा परिचित छन् । उनले गरेको राम्रो काम अनि उनको समाजसेवा देखेर नै २०४९ र २०५४ सालको स्थानिय चुनावमा साबिकको नेपालगन्ज ११ बाट दुई पटक सम्म वडा अध्यक्ष पदमा सफल भएका थिए। उनी वडा अध्यक्ष हुदा उनले सबै भन्दा पहिले आफ्नो वडाभित्र बाटो पिसिसी र नाली बनाउने वडा अध्यक्षको रुपमा चिनिएका थिए उनले दुइदुइ पटक वडा अध्यक्ष हुँदा वडाको निकै बिकास गरेका थिए उनकै नेतृत्वमा घसियारा टोलमा घसियामण्डि बनाए त्यहाँका महिला दिदिबहिनीहरुलाई दुनाटपरी , मैनबत्ती अगरबत्ती बनाउने सिपमुलक तालिमको व्यवस्था गरे आजपनी घसियारा बस्तिका महिलाहरुले त्यो सीप सदुपयोग गरेर आर्थिक लाभ लिईरहेका छन् । उनको राजनिती अनि समाजसेवाको मोहले गर्दा उनिलाई २०७४ सालको स्थानिय निर्वाचनमा पनि उनलाई वडा सदस्यको उम्मेद्बार बनाइएको थियो तर त्यतिबेला विभिन्न कारणले उनी थोरै मतले पराजित भएका थिए । उनी अन्य पाटिसङ्गको राजनीति प्रतिस्पर्धामा पराजित भए पनि जनताको सेवा गर्न अनि सामाजिक कार्यमा अनि जनताको नजरमा कहिले पनि पराजित भएनन् ।
आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट वडा नम्बर ८ का वडा अध्यक्ष पदका उम्मेदवार हुन् । उनी भन्छन साच्चै राजनितिमा थकान भन्ने शब्दनै नहुने रहेछ म आजको दिन सम्म आइपुग्दा पनि त्यो थकान कहिले महसुस गरिन जबसम्म म जनताको सेवामा खटिरहनेछु त्यो दिनसम्म म थाक्ने छैन म गाउँ समाज अनि पाटिलाई हाक्ने छु। उनी राजनीति मा मात्रै नभैइ सामाजिक कार्यमा र खेलकुदमा पनि उतिकै लगनशिल र सक्रिय छ्न ।

पाटी अनि जनताप्रती एकदमै इमान्दार , लगनशिल र कर्तव्यनिष्ठ भएर छल, कपट, बेईमान नभएका जनताप्रति सधै सरल र मिठास बोली भएका नम्र स्वभावका धनी सिद्दीकी २०७४ सालमा झिनो मतले पराजित भएका
सिद्दीकी भन्छ्न म जनताको सेवा मा सधै दास बन्न तयार छु म सोझो मुस्लिमको छोरोलाई नेपाली काङ्ग्रेसले एकदमै न्याय गरेको छ मेरो कामलाई पार्टीले मूल्याकंन गरेको छ म एकदमै खुसी छु।
मैले चुनाव जितेर गएपछी मैले पाउने सरकारी सेवा सुबिधा वडाकै बिकासमा खर्चिने छु । वडा भित्रको मुख्य समस्यालाई पहिलो प्राथमिकतामा राखी आफ्नो वडाको बिकासलाई तीब्र पार्ने शिक्षा खेलकुद खानेपानी स्वास्थ सबै वडाबासिलाई सहजै उपलब्ध गराउनेछु अनि वडा भित्र रहेका लक्षित समुदायका बिपन्न परिवारलाई निशुल्क: खानेपानी प्रत्यक घरमा एक एक धारा बनाउनेछु घसियारा टोल र धोबी टोलका दिदिबहिनीहरु जो हातले दुना टपरी बनाउछ्न तिनको लागि आधुनिक प्राबिधिक मेसिन र बजार व्यवस्थापनको व्यवस्था गरिदिनेछु र वडा भित्र भएको महेन्द्रपार्क र रानीतलाउलाई पुन चलायमान गराउने छु भन्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्
। आसा छ उनले जनतासामु अनि हामी माझ गरेका प्रतिबद्धता पूरा गर्नेछन।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?