Logo

ध्वनिखबर टेलिभिजनद्वारा ५१ हजार सहयोग

Samachar Rekhanews १९ असार २०७९, आईतवार १९:३९ मा प्रकाशित

१९ असार, नेपालगञ्जध्वनिखबर टेलिभिजन नेपालगञ्जले बाढी पीडितको उद्धारका लागि सहयोग राशी प्रदान गरेको छ ।
आइतवार दिन ध्वनिखबर टेलिभिजनका सम्पादक उदय श्रेष्ठले बाढीबाट कसैलाई पीडित बन्न नपरोस् यसका लागि उनले ५१ हजारको चेक विपद व्यवस्थापन समितिका अध्यक्ष तथा बाँके जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई हस्तान्तरण गरेका छन् ।

चेक हस्तान्तरण गर्ने समयमा फण्ड स्थापना गरेका डा. प्रकाश थापा र डा. रोमन किदवाई इराफन सिद्दीकीको उपस्थिति रहेको थियो ।

यसअघि पनि ध्वनिखबर टेलिभिजनका प्रधान सम्पादक श्रेष्ठ कोरोना संक्रमण निवारणका लागि आफै खटिएर अक्सिजन सिलिण्डर, भ्याक्सिन निःशुल्क रुपमा उपलब्ध गराएका थिए । श्रेष्ठ विभिन्न समयमा यस्तो सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

चेक बुझ्दै प्रजिअ खत्रीले, वर्षामा बाढीको प्रकोपबाट सर्वसाधारण पीडित बन्न सक्छन् यस समय दुःख पीडामा रहेकाहरुलाई सघाउन यो रकम सदुपयोग गरिने बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?