Logo

नकारात्मक बानी व्यवहारलाई परिवर्तन गर्न आवश्यक छ: नगर स्वास्थ प्रमुख अनिल सेन।

Samachar Rekhanews ८ बैशाख २०८०, शुक्रबार २२:३६ मा प्रकाशित

सरला सुबेदी
कोहलपुर ।किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा संचालन तथा बिस्तारका लागि अभिमुखिकरण कार्यक्रम हिजो देखि कोहलपुरमा संचालन गरिएको छ। कोहलपुर नगरपालिका वडा नम्बर ६ बाट सुरु गरिएको अभिमुखिकरण कार्यक्रम आज ९ नम्बर वडा कार्यलयको आधारभुत स्वास्थ चौकी परिसरमा कोहलपुर नगर स्वास्थ्य शाखाको आयोजनामा सरोकारवालाहरु र स्थानिय किशोरकिशोरीहरुसङ्गअभिमुखिकरण कार्यक्रम सुरु गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगिले कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि योगिले १० देखि १९ बर्ष समुहका ब्यक्तिहरुलाई किशोर किशोरी भनिन्छ तसर्थ यस्तो अवस्था भनेको एक विशेष र संबेदनशिल अवस्था भएको कारणले यस्तो अबस्थामा शारीरिक , मानसिक , मनोबैज्ञानिक तथा ब्यबहारिक परिबर्तनहरु आउनु स्वभाविककै हो तर यस उमेरका किशोर किशोरीहरुमा जोखिमपूर्ण क्रियाकलाप गर्न मन लाग्ने भएकोले यसलाई कसरी रोक्न सकिन्छ र उनिहरुलाई किशोर अवस्थामा आउने परिवर्तन बारे जानकारी गराउन नगर स्वास्थ शाखाले राखेको अभिमुखिकरण कार्यक्रम एकदमै सर्हानिय भएको बताए।

यस्तै कार्यक्रमका मुख्य प्रशिक्षक स्वास्थ कार्यलय बाँकेका फोकल पर्सन देवनारायण उपाध्यायले किशोरकिशोरी नबकिउन गलत बाटोमा नलागुन भनेर उनिहरुलाई सचेत गराउन किशोरकिशोरी मैत्री स्वास्थ सेवा सम्बन्धी अभिमुखिकरण गर्न महत्वपूर्ण आवश्यकता रहेको बताए।
उनले किशोर किशोरीहरु कुलतमा फस्ने भएको हुदा यहाँहरुले सो कार्यक्रममार्फत जानेका – बुझेका सिकेका र आफुले भोगेका कुराहरु आफ्ना साथिभाईहरुलाई शेयर गर्न समेत आग्रह गरेका छन।
यस्तै कार्यक्रममा कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले यो अबस्था भनेको एक विशेष र संबेदनशिल अवस्था भएको बताउदै यस्तो अबस्थामा सबै प्रकारका परिबर्तनहरु आउने भएको हुदा शारीरिक परिबर्तन हुदा किशोरहरुको स्वर मोटो र धोल्दो हुने, अनुहारमा दाह्री जुँगा आउने , अनुहारमा डण्डिफोर आउनु जस्ता परिबर्तन देखिन्छन भने किशोरीहरुमा स्तन बढ्नु , मन चनचल हुनु, एक्लै बस्न मन पराउनु जस्ता यस्तै थुप्रै परिबर्तन देखिने भएको हुदा यो अवस्था भनेको किशोर किशोरीहरु कुलतकोबाटोमा फस्ने र जोखिमपूर्ण  भएको हुदा यसलाई न्यूनीकरण गर्नको लागि यो कार्यक्रम गरेको बताए ।उनले कोहलपुर नगरपालिका भित्र भएका१५ वटा वडा मध्य ५ वटा वडा जसमा दलित मदेशी मुस्लिम अनि बजार देखि केही पर रहेको वडा १,२,६,१० र ९ वडामा किशोरकिशोरीहरुका लागि जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम गरिएको बताए।
कार्यक्रममा वडाभित्रका शिक्षिका स्वयंसेविका जनप्रतिनिधि वडा नम्बर ९ आधारभुत स्वास्थ चौकी प्रमुख राधिका गैरे, पत्रकारलगायत २५ जना किशोर किशोरीहरुको सहभागी रहेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?