Logo

नरैनापुरमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना गर्न माग गर्ने कार्यपालिकाको निर्णय

Samachar Rekhanews २६ मंसिर २०७९, सोमबार २१:४२ मा प्रकाशित

कार्यालयका लागि चाहिने भवनको व्यवस्था गाँउपालिकाले गर्ने कार्यपालिको निर्णय
बाँके (नरैनापुर) २६ मंसिर । नरैनापुर गाउँपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि गाँउपालिकाले अग्रसरता देखाएको छ ।
नरैनापुर गाँउपालिकाको कार्यपालिकाको आज बसेको बैठकले इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित निवेदन पेश गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो ।
हाल सेवा प्रवाहमा सहज पहुँच नभएकाले संघीयताको मर्म र भावना अनुसार एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति अनुसार गाँउपालिका क्षेत्रभित्र रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाका लागि कार्यपालिकाबाटै निर्णय गरिएको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो ।
‘नरैनापुर गाँउपालिकाबाट जिल्ला प्रशासन कार्यालय पुगेर सेवा लिन असहज छ,’ अध्यक्ष शाहले भन्नुभयो, ‘नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने संघीयताको मर्म र भावना अनुसार गाँउापालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय आवश्यक छ । इलाका प्रशासन, मालपोत र नापी कार्यालयका लागि चाहिने भवनको व्यवस्था गाँउपालिकाले गर्ने छ ।’
कार्यालय प्रमुखको व्यवस्था गरिदिन बारम्बार विभिन्न निकायमा आग्रह गर्दा पनि बेवास्ता भइरहेको अध्यक्ष शाहको गुनासो छ । ‘नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम जानुपर्ने बाध्यताको अझै अन्त्य भएन,’ उहाँले भन्नुभयो, ‘गाँउगाँउमा सिंघदरबार नाममा मात्र सिमित बन्यो ।’
उहाँका अनुसार विकास निर्माण लगायत पञ्जीकरण र विभिन्न सरकारी कामकाज स्थानीय तहबाटै हुने गरे पनि जनताले नागरिकता बनाउन सास्ती भोगिरहेका छन् ।
प्रशासनिक सेवाको सहजताका लागि इलाका प्रशासन, मालपोत र नापी कार्यालय जरुरी रहेको नरैनापुर–५ का अध्यक्ष कृष्ण चन्द्र मार्यले बताउनुभयो । वडा नं. १ का अध्यक्ष इसाक जोलहाले कार्यालय स्थापना भए सदरमुकामदेखि ५५ किमीको दूरीमा रहेको सुईया र आसपासका सर्वसाधारण लाभान्वित हुनेछन् । गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा उपाध्यक्ष जयन्तीदेबी श्रीवस्तव, वडा अध्यक्षहरु क्रमशः इसाक जोलहा,मसूद अहमद शाह,मनोज शर्मा,कृष्ण चन्द्र मौर्य, प्रेम चन्द्र मौर्य, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?