Logo

नरैनापुरमा दशैँको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

Samachar Rekhanews १३ आश्विन २०७९, बिहीबार १९:३९ मा प्रकाशित

१३ असोज, नेपालगञ्ज । बाँकेको नरैनापुर गाँउपालिकाले बिहिबार दशैं मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत खरालले समाज रुपान्तरणका लागि कुरा भन्दा काम गर्न अझै बाँकी रहेको बताउनु भयो ।
हरेक ब्यक्तिले आफ्नो क्षमता वृद्धिसँगै आर्थिक सशक्तिकरणका लागि कदम उठाउन अत्यन्त आवश्यक रहेको खरालले जिकिर गर्नु भएको थियो ।
यसैगरी कार्यक्रममा बोल्दै वडा नं. ४ का अध्यक्ष मनोज शर्माले शक्तिकी देवी दुर्गा माताले हरेक महिलाहरुलाई शक्तिका साथै हरेक नागरिकहरुको उत्थानका लागि काम गर्ने प्रेरणाका साथै शक्ति प्रदान गरून् भन्दै दशैको शुभकामना दिनु भएको थियो ।
वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व बडा दशैले हरेक नागरिकलाई खुशी, उमङताका साथै आर्थिक भारकै कारणले दशै कसैका लागि दशा नबनोस् साथै आफ्नो गक्ष अनुसार पर्बलाई हरेकले भित्र्याउन सफल हुन सकुन् भन्दै दशैको शुभकामना व्यक्त गर्नु भएको थियो ।
यसैगरी जिन्सी शाखाका प्रमुख भरत महतोले दशैं पर्बमा दुर्गामाताले हरेक नागरिकलाई आदर्श मूल्य मान्यता सुशासन जस्ता कुराको पालना गर्ने सद्बुद्धि देउन् भन्दै दशैको शुभकाना दिनु भएको थियो ।
शुभ कामना अदान प्रदान कार्यक्रमका नरैनापुर पालिका अन्तर्गत शिक्षा, स्वास्थ्य, महिला विकास, पशु लगायत शाखाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?