Logo

नवनिर्मित डुडुवाको प्रशासनिक भवनमा स्थान्तरण गरिँदै

Samachar Rekhanews १६ जेष्ठ २०८०, मंगलवार २२:०३ मा प्रकाशित

१६ जेठ, नेपालगञ्ज । नवनिर्मित बाँके डुडुवा गाउँपालिकाको अत्याधुनिक प्रशासनिक कार्यालय भवनमा स्थान्तरण गरिने भएको छ ।
भूकम्प प्रतिरोधात्मक लिफ्टसहितको निमार्ण सम्पन्न नयाँ भवनमा स्थान्तरण गर्न थालिएको छ । भोलि बुधबार नयाँ कार्यालय भवनमा शुभसाईतमा गृह प्रबेशको पुजापाठ गरि स्थान्तरण गर्न लागिएको हो ।
भवनले गाउँपालिकाको काम काजमा निकै सहजता उत्पन्न गराउने र सेवाग्राहीलाई अझ बढी गुणस्तरिय सेवा प्रदान गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै पालिकाका कर्मचारीहरुलाई सेवा प्रवाह गर्नमा सहजता हुने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताएका छन् ।
अध्यक्ष चौधरीले भने, ‘कार्यालय भवनको अभावमा कर्मचारीलाई बस्न समस्या छ, यसले कर्मचारी र सेवाग्राहीविचको सम्वन्ध समेत दुरी बनाएको थियो । त्यसैले यो नयाँ भवनले सेवा प्रवाहमा सहजता हुन्छ ।’
पालिकालाई सवारी साधन, विभिन्न इकुमेन्ट, मेसिन, औषधी स्टोरलगायत व्यवस्थापन गर्ने समस्या अब अन्त्य हुने भएको छ ।
वडा नं. ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा रु १३ करोड २६ लाखको लागतमा अत्याधुनिक कार्यालय भवन निमार्ण भएको प्राविधिक शाखा प्रमुख सुरेन्द्र बर्माले बताए । उनका अनुसार चार तल्ले भवनमा ५ सय जना क्षमता भएको ठुलो सभागृह, बैठक कक्ष, न्यायका लागि इजलास कक्ष, ३२ वटा कार्यालय कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठुला तथा साना सवारी साधनका लागि पार्किङ्ग, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतिक्षालय, सुरक्षा गार्ड रुम र लिफ्टसहितको भवन निर्माण भएको छ ।
गाउँपालिकाको भवन अपाङ्गमैत्री, बालमैत्रीसंगै अत्याधुनिक फाउन्टेनको व्यवस्थापन गरिएको छ । रोयल कन्स्ट्रक्सन धनगढीले सम्झौता गरेको अवधीभित्र नै भवन निमार्णको कार्य सम्पन्न गरेको छ ।
बाँके जिल्लामै डुडुवामा पहिलो भवन तयार भएको हो । गाउँपालिकाले वडा नंं ४ स्थित भवनबाट सेवा प्रवाह गरिरहेको छ भने शाहपुर्वा विद्यालयको सभाहलबाट गाउँसभा बस्दै आएको छ । कार्यालय भवनको उद्घाटन भने पछि गरिनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?