
राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित महामन्त्री डा. धवलशम्शेर राणालाई ५१ किलोको मालासहित बिहिवार नेपालगञ्जमा भव्य स्वागत गरिएको छ ।
राप्रपाको हालै सम्पन्न महाधिवेशनबाट नयाँ नेतृत्व ल्याउन अहम भूमिका खेलेका सो पार्टीका नव निर्वाचित महामन्त्री डा. धवलशम्शेर राणालाई बिहिवार नेपालगञ्जमा भव्य स्वागत गरिएको हो ।
राप्रपामा नयाँ नेतृत्व ल्याउन सबैभन्दा पहिले अभियान सञ्चालन गरेका राणा पछि आफु महामन्त्रीको प्रतिस्पर्धामा उत्रिएर राजेन्द्र लिंग्देनलाई अध्यक्ष बनाउन नेतृत्वदायी भूमिका खेलेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर समेत रहेका डा. राणाको स्वागतमा पार्टीका केन्द्रीय सदस्य लगायत ठूलो संख्यामा राप्रपाका नेता कार्यकर्ताहरुले नेपालगञ्ज विमानस्थलबाट ¥याली निकालेर नगरको विभिन्न स्थानको परिक्रमा गरि स्वागत गरेका थिए ।
नवनिर्वाचित महामन्त्री डा. धवलशम्शेर राणालाई ५१ किलोको माला राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. २ख का अध्यक्ष तथा नेपालगञ्ज उमनपा वडा नं. ४ का वडाअध्यक्ष मो. शफीक बेहना, राप्रपाका नगर युवा अध्यक्ष रवि वर्मा, नगर युवा कोषाध्यक्ष चाँदबाबु हलवाई र वडा नं. ४ का राप्रपाका कोषाध्यक्ष चाँद खाँ, राप्रपा क्षेत्रीय सदस्य पिंकी शाह बेहना, नगर सदस्य जमिल अहमद (सोनु कादरी), खजुरा बाँके क्षेत्र नं. ३ का युवा नेता समाजसेवी सुधिर शुक्ला लगायतको तर्फबाट पहि¥याइएको जानकारी वडा नं. ४ का वडाअध्यक्ष मो. शफीक बेहनाले गराए ।