Logo

नागरिकता विधयेक प्रमाणीकरणबारे राष्ट्रपति कार्यालयसँग सूचना माग

Samachar Rekhanews २९ श्रावण २०७९, आईतवार २०:१२ मा प्रकाशित

२९ श्रावण, नेपालगञ्ज । नेपाली नागरिकता विधयेक प्रमाणीकरणका सम्वन्धमा सूचना माग गरिएको छ । नेपालगन्ज निवासी अधिबक्ताद्वय विश्वजित तिवारी र बलबहादुर चन्दले आइतबार राष्ट्रपतिको कार्यालयसंग सूचना माग गर्नुभएको हो ।
नेपाली नागरिकता संशोधन विधयेक प्रतिनिधी सभामा र राष्ट्रिय सभाबाट पारित भईसकेको हुँदा हालसम्म पनि राष्ट्रपतिबाट के कति कारणले उक्त विधयेक प्रमाणीकरण नगरिएको हो, त्यसको जानकारी र उक्त विधयेक कहिले प्रमाणीकरण हने हो र कुन मितिमा हुने हो सोको पुर्ण रुपमा जानकारी पाउँ भनेर सूचना माग गरिएको हो ।
नेपालको संविधान धारा २७ अन्तर्गत सबैले थाहा पाउने अधिकार अन्तर्गत राष्ट्रपतिको कार्यालयका सूचना अधिकारीसमक्ष इमेलमार्फत सूचना माग गरिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?