Logo

नागरिक अधिकार मञ्चको कार्यकारी अध्यक्ष पदमा समिर अलि नियुक्त

Samachar Rekhanews १६ फाल्गुन २०७८, सोमबार ००:११ मा प्रकाशित

नेपालगञ्ज÷मधेश मिडिया मिसन नेपालको भातृ संगठन नागरिक अधिकार मञ्चको कार्यकारी अध्यक्षमा समिर अलि नियुक्त गरिएका छन् ।

आइतवार दिन नागरिक अधिकार मञ्चको बैठकले समिर अलिलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको हो ।
मधेश मिडिया मिसन नेपाल केही महिनादेखि अवधी भाषाको विकास, मधेश र मधेशीको उत्थानको लागि अभियान नै छेडेको छ ।

२०७९ वैशाख ३ गते दिन मिसन नेपालले अवधी पत्रकारिता स्थापना दिवस भव्यताले मनाउने तयारीमा लागेको छ यस समय मिसनले मधेशी जनताको हक अधिकार सुनिश्चित गराउन नागरिक अधिकार मञ्च अन्तर्गत नेगउमनपाको २३ वटै वडामा वडा समिति गठन गर्ने अभियान चलाएको छ जसमा वडा नं. ५ मा वडा समिति गठन भइ सकेको छ ।

यो कार्य मञ्चका अध्यक्ष रमेश चन्द्र कुमालको नेतृत्वमा भएको थियो अब अब पालिकाको २२ वडामा वडा समिति गठन गर्न बाँकी रहेको छ । उमनपामा रहेको बाँकी वडामा वडा समिति गठन गर्ने जिम्मेवारी कार्यकारी अध्यक्ष समिर अलिलाई मिसनले सुम्पेको छ ।

नेपालगञ्ज उमनपामा वडा समितिहरु गठन गरे पश्चात मञ्चले कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बाँकेको सबै गाउँपालिकामा वडा समिति गठन गर्नेछ । शनिवार दिन भएको मिसनको बैठकमा अध्यक्ष रमेश चन्द्र कुमाल, मिसन बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी, सचिव सोनाली गुप्ता, सन्तोष कुमार वैश्य, बनि अमिन सल्मानी, शुभम शर्मा, सन्ध्या शर्मा, चन्दा सिंह लगायतको उपस्थिति रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?