Logo

नालामा बच्चा खस्दा आमाले हाम फालेर जोगाइन

Samachar Rekhanews ३ असार २०७८, बिहीबार २३:५६ मा प्रकाशित

समीर अली बेहना,
बाँके, ३ असार ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर एघारमा रहेको नाका टोलको नागरिकलाई नालामा फोहोर मैला र पानी जम्मा हुँदा सास्ती भएको छ । वर्षाको मौसममा नालामा पानी जम्मा हुँदा नालापारी रहेको घरपरिवारलाई आवतजावत गर्न निकै कठिनाईको सामना गर्नु परेको हुन्छ । वर्ष २०५२ तिर तत्कालीन मेयर धवल शम्शेर राणाको कार्यकालमा बनाइएको नाला निकै दयनीय अवस्थामा छ । स्थानीयले बताउँछन यो नाला टाँगा स्टेण्ड भएर टंडन राइस मील तिर जाने गर्थ्यो जबकी मेयर राणाको कार्यकालमा नालालाई घुमाएर हाम्रो टोल तिर बनाइयो । नालामा पानी जम्मा हुँदा आउन जान गाह्रो भएको हुन्छ भने घरको सरसामान समेत पानीले बगाएर लगेको हुन्छ । एकजना महिलाले भनिन् तीन दिन अगाडि उहाँको ६ वर्षीय छोरो पानीमा डुब्न लागेको थियो । आमाले छोरो डुब्न लागेको देखेर पानीमा हाम फालेर छोरो जोगाएकी हुन् । गर्मीको मौसममा उक्त नालामा पानी कम भएपनी फोहोर मैला जम्मा भएको हुन्छ भने वर्षामा पानीको स्तर बढेको हुन्छ जसले गर्दा नाला पारी भएको स्थानीयलाई आउन जान निकै कठिनाइ भएको हुन्छ । कलीम खानले बताए कि यसविषयमा हामीहरु पटकपटक वडा कार्यालय र उपमहानगरपालिकाको ढोका खट्खटाइ सकेका छौँ । उहाँले भन्नू हुन्छ हामीले वडा कार्यालयलाई यसविषयमा जानकारी गराउँदा वडा अध्यक्ष उज्ज्वल सिंह राठौरले यो टोलबाट म जितेको होइन भनी जबाफ दिनुहुन्छ । दिक्क लागेर हामीले आवाज उठाउन बन्द गरेको भनी उहाँको भनाइ थियो । त्यस्तै कुदरतुन कवाडियाले बताउनु हुन्छ वडा कार्यालयको समितिले निकै लापरबाही देखाएको छ । पटकपटक यो विषयमा जानकारी गराउँदा पनि एउटा कानबाट सुन्ने र आर्को कानबाट उडाउने काम मात्र भएको छ । कवाडियाले भन्नू हुन्छ नालाको विषयलाई लिएर हामी उपमहानगरपालिकामा समेत पुगेको थियौं र मेयर धवल शम्शेर राणाले स्थलगत अवलोकन गर्ने प्रतिबद्धता समेत जताउनु भएको थियो । प्रतिबद्धता गरेको मेयरले अहिलेसम्म स्थलगत अवलोकन गर्न आउनु भएको छैन । स्थानीयको अनुसार नालाको ढक्कन हटाएको करिब २ वर्ष पुग्न लागेको छ तर नालाको ढक्कन समेत लगाइएको छैन । करिब दुई मिटर चौडाइ भएको नालाको दुई तीन महिनामा एक चोटि सफाई गर्न कुचिकारहरु आउने गरेको छन् । सफाइ गर्न आएको कुचिकारहरुले पुर्ण रूपमा सफाइ नै नगरी गएको हुन्छन् । सफाइ गरेको फोहोर मैला उठाउन गाडी समेत आएको हुँदैन र फोहोर नालामा पुनः विसर्जन हुनेगर्छ । उहाँले भन्नू हुन्छ हामी घरविहीन भएको बेला करिब २०-२२ वर्ष अगाडि अतिउल्लाहले बस्नलाई जग्गा उपलब्ध गराउनु भएको थियो । टीन र फूषको छाना बनाएर बस्नु परेको हामीहरूलाई सरकारले ५० हजार रुपैयाँ आवाज योजनाको तहत दिएको थियो सोही पैसाले घर बनाइ बसेका छौँ । नेपालगञ्ज उपमहानगरपालिका त्यो सहरहरु माध्य एक हो जसलाई सेवा सुबिधायुक्त सहर भनेर चिनिन्छ । जबकी उपमहानगरपालिकाको धेरै जसो ठाउँमा यस्तो समस्याहरु देखा पर्दै आएको छन् । पटकपटक मिडियाहरुमा यो विषयमा कुरा आइसकेको समेत उनीहरुले जानकारी गराए । सोही टोलमा बस्ने तय्यब अलीले भन्नू हुन्छ हामी दिक्क मानेर समाचार संकलन गर्न गएको पत्रकार तथा संचारकर्मीहरुलाई लखेटेको पनि छौँ । उहाँले भन्नू हुन्छ सामाजिक सञ्जालमा समेत आवाजहरु उठाइयो तर केही उपलब्धि हुन सकेको छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?