Logo

नेकपा एमाले बाँकेको सपथ ग्रहण सम्पन्न ।

Samachar Rekhanews २९ पुष २०७८, बिहीबार १९:२१ मा प्रकाशित

जियाउल मुस्तफा कादरी/समाचार रेखा
आज नेकपा एमाले बाँकेको ८ औ जिल्ला अधिवेशन कमिटी बाँकेको सपथ ग्रहण प्रमाणपत्र वितरण समारोह कार्यक्रम सम्पन्न भएको छ। नेकपा एमाले पार्टी कार्यालय बाँकेको ८ औं जिल्ला अधिवेशन सर्व सम्मतबाट च्यान भएकाहरुलाई अध्यक्ष पदमा किस्मत कुमार कक्षपति,उपाध्यक्ष डिल्ली बि.सि,सचिव रतन खत्री उपसचिवमा दिपक बर्मा र भुमिसरा धिताल सहित १२० सदस्यहरुलाई नेकपा एमाले बाँकेको निर्वाचन कमिटीले सपथ गराएको छ र यस सपथ ग्रहण तथा प्रमाण पत्र वितरण समारोह कार्यक्रम पश्चात नेकपा एमालेको पहिलो बैठकले मुस्लिम समुदायलाई सम्मान गर्दै शुक्रबार (जुमा) को दिन कुनै पनि कार्यक्रम न गर्ने निर्णय गरेको नेकपा एमाले बाँकेका इन्चाज सुर्य ढकालले जानकारी दिनु भएको छ ।
यस ८ औं जिल्ला अधिवेनको कपथ ग्रहण कार्यक्रममा मो.हारुन बोल्दै नव निर्वाचीत पदधिकारीहरुलाई सम्बोधन गर्दै ८१ ओटा वडा ८ ओटा गाँउपालिका,३ ओटा प्रतिनिधी सभा र ६ ओटा प्रदेश सभा निर्वाचन जिताउनेमा तपाईहरुका कांधमा जिम्म आएको छ भने यस कार्यक्रमको संचालन हलीम शाहले गर्नु भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?