Logo

नेकपा एमाले राप्तिसोनारिका विभिन्न वडामा आज शक्ति पर्दशन जित सुनिश्चित घोषणा हुन मात्रै बाँकि ।

Samachar Rekhanews २७ बैशाख २०७९, मंगलवार २३:२९ मा प्रकाशित

सरला सुवेदी
कोहलपुर । नेकपा एमाले राप्तिसोनारी निर्वाचन प्रचारप्रसार कमिटिले गाउँपालिका भित्रका विभिन्न वडामा बृहत प्रर्दशन तथा घरदैलो कार्यक्रम गरेको छ ।
यही बैशाख ३० हुन गईरहेको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले प्रर्दशन गरेको हो ।

मङ्गलबार राती १२ बजेपछी मौन अबधी सुरु हुनेभए पछि चुनावी अभियानलाई तिब्रता दिन २,३,७र ८ मा बृहत र्याली निकालिएको हो। र्याली पछि वडा नम्बर २ मा गरिएको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवम् क्षेत्र नम्बर १ का संयोजक बलराम भट्टराईले राप्तिसोनारिमा एमालेको बिजय भैइसकेको अब घोषणा गर्न बाँकी रहेको बताउदै यस अघिको निर्वाचनमा राप्तिसोनारि पराजित भएपनी स्थानीय माझ एमालेको प्रभाव राम्रो परेको बताए।

कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार रामदास थारुले आफुले जितेपछि राप्तिसोनारिका नौ वटै वडाहरुमा योजनाबद्ध तरिकाले विकास र परिर्वतनको लहर ल्याउने बताउदै यसपटक नेकपा एमाले आफ्नो अमुल्य मतहाली जिताउन आग्रह गरे ।
यस्तै सभालाई सम्बोधन गर्दै अघिल्लो चुनावमा झिनो मतले काङ्ग्रेससङ्ग पराजित भएकी उपाध्यक्ष पदकी उम्मेदवार चमेली वाकाबलले यसपटक सबै स्थानिय मतदाताको साथ र माया पाएको हुँदा आफुले ढुक्क सङ्ग चुनाव जितिने बताईन ।

यस्तै अघिल्लो स्थानिय निर्वाचनमा एक मात्र जितेको वडा नम्बर २ अनि त्यहिका लोकप्रिय सदस्य ज्ञानेन्द्रराज वली उनिले त्यो बेला पनि मतदाताको मन जितेर अत्याधिक मत ल्याएका थिए । उनी वडा सदस्यहुदा आफ्नो वडा भित्र बिकासका काम लगायत जनताको हरेक दुख र समस्यामा साथ दिदै आएको हुँदा उनी यसपटक पनि अत्याधिक मतले बिजयी हुनेमा ढुक्क भएको बताउँछन।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?