Logo

नेकपा माओवादी केन्द्र ८ नं. वडामा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।

Samachar Rekhanews ४ मंसिर २०७८, शनिबार २३:०३ मा प्रकाशित

मंसिर ४ गते
नेपालगञ्ज÷नेकपा माओवादी केन्द्रले ८ नं. वडाको भेला तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ।

शनिवार ८ नं. वडामा भएको भेला कार्यक्रम वडा कमिटीका अध्यक्ष रिजवान शेषको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।
भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेषले भने, यो वडामा आफ्नो पार्टी मजबूत स्थितिमा छ यो कार्यक्रमले पार्टीलाई झनै बलियो बनाउँछ।

उनले पार्टीलाई अझ सशक्त बनाउनु पर्ने कुरामा जोड दिँदै भने, स्थानीय निर्वाचन अति नै नजिकिँदै गइ रहेको छ यस कारण पार्टी कार्यकर्ताहरु एक ढिक्का भएर अघि बढ्नुपर्ने आव्हान गरे ।
भेला कार्यक्रमको बीच अध्यक्ष शेषको नेतृत्वमा ३५ जना व्यक्तिले पार्टीमा प्रवेश गरेका
छन् ।

सो कार्यक्रममा पार्टी नगर अध्यक्ष अकल बहादुर बम, पार्टी प्रवेश कमिटी सदस्य अतहर हुसैन फारुकी, नगर कमिटी सदस्य नन्दलाल वैश्य, ८ नं. वडाका इन्चार्ज फिरोज अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

शनिबार नेकपा माओवादी केन्द्रको देशभर वडा सम्मेलन भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
लोकप्रिय छुटाउनुभयो कि ?