Logo

नेपालगञ्जको जमुनाह भन्सारमा सशस्त्र प्रहरीको ध्यान सुरक्षामा कम तर पैसा असुल्ने कार्यमा बढि

Samachar Rekhanews ८ बैशाख २०७९, बिहीबार १३:०५ मा प्रकाशित

नेपालगञ्जको सीमा नाका जमुनाह भन्सारमा बीओपी जमुनहा पोष्टबाट खटिएका सशस्त्रका सुरक्षाकर्मीहरुले जसलाई रोक्नुपर्ने हो त्यसलाई नरोकी सर्वसाधारणलाई रोकेर दुःख दिने गरेको देखिएको छ ।

सर्वसाधारणले आफ्नो घरायसी प्रयोजनका लागि ल्याएको सरसामान सशस्त्रका सुरक्षाकर्मीहरुले रोकेर जबरजस्ती पैसा असुल्ने गरेको दृश्य हाम्रो क्यामेरामा कैद भएको छ ।
क्यामेरामा कैद भएको तस्वीरमा सुरक्षाका लागि खटिएका सशस्त्रका सुरक्षाकर्मीहरुले सुरक्षा कम तर पैसा असुल्ने कार्यमा बढि ध्यान दिने गरेको देखिएको छ ।

बीओपी जमुनहा पोष्टबाट सादा पोशाकमा खटिएका ३ जना सुरक्षाकर्मीहरुले आफ्नो कर्तव्यको निर्वाह नगरि सीमा पारीबाट थोरथोरै सामान ल्याउने गरेका सर्वसाधारणलाई रोकी उनीहरुसँग जबरजस्ती पैसा असुल्ने गरेको प्रष्ट रुपमा देख्न सकिन्छ ।

सीमा पारीबाट ठूल्ठूला व्यापारीहरुले आफ्नो सामान भित्र्याउन मासिक रुपमा हाकिमहरुलाई नजराना दिइ आफ्नो सरसामानहरु निर्धक्क रुपले भित्र्याउने गरेका छन् तर सुरक्षाका लागि खटिएका सुक्षाकर्मीहरुले सर्वसाधारणलाई हदैसम्मको लुट्ने गरेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

सीमा पारीबाट साइकलमा बोकेर सानोतिनो घरायसी सरसामान ल्याउनेलाई अनावश्यक रोक्ने र प्रत्येक साइकलबाट रु १० देखि रु १०० रुपैयाँ सम्म असुल गर्ने गरेको दैनिक रुपमा देखिने गरेको छ ।

कहिले काहिँ त प्रहरीले यात्रु शाखामा रहेको बिटमा पैसा राख्न लगाउने त कहिँले नजिकैको चिया नास्ता पसलमा पैसा राख्न लगाउने गरेको देखिएको छ ।
सशस्त्रका जवानहरूले आफुहरुले उठाएको पैसा ड्युटी कमाण्डरलाई बुझाउने गरेको सशस्त्रकै एक जना जवानले बताए ।

पैसा नदिनेहरुको सामान जफत गरी केही समय सम्म ड्युटी गर्नलाई तयार पारिएका पोस्ट भित्र राख्ने र अनावश्यक सताउने अनि सामानको मोलमोलाइ गर्ने यदि उनिहरुले मागे बराबरको रकम उपलब्ध भए छाड्ने र नपाए सरसामान सिज गरि भन्सारमा बुझाउने गरेको सर्वसाधारणहरुको गुनासो रहेको छ ।
यद्यपि लाखौं करोडौैको सामान तस्करी भइ रोजिन्दा उपमहानगरपालिकामा भित्रिने गरिएको छ तर कम मूल्यको घरायसी सरसामान सिज गर्ने गरिएको पाइन्छ ।

जमुनहा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले प्रति व्यक्तिहरुबाट ५०÷१०० गरि हजारौं हजार रकम अवैध ढंगले असुली गर्दै आएका छन् तर लाखौं लाख मूल्यको सामान मिलेमतो गरि आफ्नै संलग्नतामा भित्र्याउने कार्यमा सक्रिय रहेको देखिएकोले नेपालगञ्ज नगरवासीहरुले विगत दिनदेखि त्यस्ता सुरक्षाकर्मीमाथि हदैसम्मको कारवाही हुनुपर्ने माग गर्दै आएका छन् ।

यसमा दिखावटी रुपमा त्यस्ता सुरक्षाकर्मीहरुमाथि कारवाही भएको र पछि सोही प्रकारको कार्य हुन शुरु हुने गरेकोले सम्बन्धितहरुले यस तर्फ ध्यान पु¥याई दोषी सुरक्षाकर्मीहरुलाई अवैध असुलीबाट निजात दिलाउनुपर्ने जरुरी रहेको देखिन्छ ।

स्मरणीय रहेको छ कि नेपालगञ्ज भन्सार कार्यालयले नै रु. १ हजार मूल्य बराबरको घरायसी सरसामान ल्याउन दिन सुविधा सर्वसाधारणहरुलाई दिएको छ तर यस्तो प्रावधानको उल्लंघन गरि प्रहरीले अहिलेसम्म अवैध असुली कार्यलाई निरन्तरता दिँदै आएको पाइन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?