माघ २४ गते
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतलाई स्वागत गरिएको छ । त्यस्तै सरुवा भएर काठमाडौं जान लागेका यसअघिका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीको बिदाई गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाको प्रमुख आतिथ्यतामा सोमवार गरिएको स्वागत तथा विदाई कार्यक्रममा कार्यालयका शाखा प्रमुख लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मेयर डा. राणाले नेपालगञ्ज उपमहानगरपालिकामा अवधि नपुग्दै मन्त्रालयले बारम्बार प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गर्नु निकै दुःखद कुरा भएको बताए । ४÷५ महिना नपुग्दै प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्नाले धेरै काम प्रभावित हुने मेयर राणाले बताए ।
काम गर्दै गरेका प्रशासकीय अधिकृतहरु बीचमै छोडेर जानुपर्ने अनि नयाँ आउनेलाई यहाँ बस्तुस्थिति बुझ्नै समय लाग्ने हुँदा उपमहानगरपालिकाको काम प्रभावित हुने मेयर राणाले बताए ।
मेयर राणाले सरुवा भएर जान लागेका सुबेदीको उज्ज्वल भबिष्यको कामना गर्दै नयाँ आएका बस्नेतलाई स्वागत गर्दै सबै मिलेर उपमहानगरपालिकाको काम गर्नुपर्ने बताए ।
बस्नेत सुर्खेतका भेरीगंगा नगरपालिकाबाट सरुवा भएर आएका हुन् । सरुवा भएर नयाँ आएका बस्नेतले जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेका छन् । साभार सदरलाईन डट कम